काठमाडौँबाट बाहिरिने सबै नाकाको सडकको अवस्था दर्दनाक, यात्रा असहज बन्ने खतरा
दसैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार भएको छैन
। ठाउँ–ठाउँमा सडक विस्तार भइरहेकाले र निरन्तरको वर्षाका कारण सडक तथा राजमार्ग भत्किएका छन् भने सडकभरि खाल्टाखुल्टी परेर दयनीय बन्न पुगेको छ ।
काठमाडौंबाट बाहिरिने मुख्य नाका थानकोटको सडकखण्डमा खाल्टाखुल्टी देखिएका छन् । कलंकीबाट बाहिरिने अर्को नाका भक्तपुरसम्म राम्रो भए पनि बनेपा पार भएसँगै खाल्टाखुल्टीले सडक भरिएका छन् ।
बल्खुदेखि हेटौंडा निस्कने सडकखण्डको ठाउँठाउँमा पिच उप्किएको छ भने सडकभरि खाल्टाखुल्टी छन् । काठमाडौं–नुवाकोट–धादिङ तथा रसुवा जाने तीन वटा नाकाको पनि हालत खराब नै छ । टोखा, ककनी र गल्छीको बाटो पनि दयनीय अवस्थामा छ ।
चावहिल–जोरपाटीको सकड पनि दयनीय छ । त्यस क्षेत्रका स्थानीयले पटक–पटक सडक मर्मत–सम्भार तथा पिच गर्न माग गर्दै सडकमा उत्रिएर आन्दोलन गर्दै आएका छन् ।
ठेकेदारको लापरवाही र सरकारी निकायको सक्रियता नहुनाले उपत्यका र उपत्यकाबाहिरका सडकको अवस्था दयनीय बन्न पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत