केन्द्रीय संस्करण

“सामसङ आयो, खुसी छायो”

person explore access_timeभदौ ३१, २०७६ chat_bubble_outline0

काठमाडौं–  सामसङले आकर्षक चाडपर्व योजनाहरु प्रस्तुत गरेको छ । यस वर्षको उत्सवको मौसममा समसङले “सामसङ आयो, खुसी छायो” योजना प्रस्तुत गरेको हो । यस योजनासँगै सामसङले आफ्ना उत्पादनहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ । 

“सामसङ आयो, खुसी छायो” योजनाले वास्तवमै नयाँ टिभी वा अन्य होम अप्लाइन्सहरुको खरिद गर्ने योजना बनाएका ग्राहकहरुलाई आकर्षक छुट प्राप्त गर्ने अवसर प्रदान गरेको छ ।

टिभी, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुले चाडपर्वमा रौनकता थप्ने हुँदा सामसङले उपभोक्ताहरुलाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको हो । 

यस छुटको साथसाथै सामसङले आफ्ना टिभीहरुमा २ वर्षको वारेन्टी (१ वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरुको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाएको छ । 

हिम इलेक्ट्रोनिक्स प्रा.लि तथा त्रिवेणी ब्यापार प्रा.लि.का अधिराज्यभरु रहेका आधिकारीक डिलर नेटवर्क अन्तर्गतका वितरकहरु मार्फत यो योजना आश्विन १ गतेदेखि कात्र्तिक २९ गतेसम्म रहने छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...