कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’

काठमाडौँ । बैशाख २१ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘मनसरा’ । निर्माण युनिटले अहिले फिल्मको प्रचारमा मोफल यात्रामा छन् । यात्रामा उनीहरुले कविता कन्सर्ट गर्दै दर्शकलाई फिल्म बुझाएर हेर्न अनुरोध गरिरहेका छन् ।
केही दिन अगाडि पोखराबाट सुरु भएको कविता कन्सर्ट बिर्तामोडमा, दमक हुँदै बिहीबार धरानमा आयोजना भएको छ । दमकको क्युएफएक्स हलमा आयोजित कविता कन्सर्टमा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले आधा–दर्जन भन्दा बढी कविता सुनाएका थिए ।
कार्यक्रममा अभिनेत्री मिरुना मगरले समेत कविता सुनाएकी थिइन् । उनले सुनाएको कविता उनी आमाले लेखेकी हुन् ।
कार्यक्रममा कलाकार मेनुका प्रधान, प्रवीण खतिवडा र जीवन बरालले समेत कवि सुनाएका थिए । उक्त समय कलाकारले कवितासँगे फिल्ममा रहेको आफ्नो भूमिका बताए ।
कविता कन्सर्टमा प्राज्ञ मुनराज शर्मा, वरिष्ठ गीतकार शिवशङ्कर थापा, अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्य, कवि विराट, कवि तथा गजलकार अभागी थेगवा लगायतको समेत सहभागी थियो ।
कार्यक्रममा फिल्मका निर्देशक सुब्बाले फिल्म हेरेर राम्रो नराम्रो दुवै खालको प्रतिक्रिया दिन अनुरोध गरे । अभिनेता दयाहाङ राई फिल्मको सुटिङमा व्यस्त भएकोले कविता कन्सर्टमा सहभागी हुन पाएको छैनन् ।
कविता कन्सर्ट शुक्रबार इटहरी र बेलबारीमा आयोजना हुँदैछ । फिल्ममा दयाहाङ, मिरुना, प्रवीण तथा मेनुकाको अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ ।
निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार