‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।
जेठको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।
सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मको लेखन तथा निर्देशन सरोज पौडेल हुन् । निर्माण पक्षले यस अघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । जसमा फिल्मलाई वि.सं २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित सार्वजनिक गरिएको मोसन पोस्टरबाट मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ ।
फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको सङ्गीत रहने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ । फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।
यो फिल्मले एक गहन विषयलाई उठान गर्न लागेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार