सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते

शुक्रबार, १४ वैशाख २०८१, ०९ : ०५
शुक्रबार, १४ वैशाख २०८१

बुटवल । गुल्मीदरबार गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन् । गुल्मीदरबार–३ को म्यालपोखरीस्थित रिडी तम्घास मुख्य सडकमा लु ३५ प ५४८४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २९ वर्षीय अनिलराज  घर्तीले ज्यान गुमाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी शंकर पोखरेलका अनुसार सोही पालिका–४ भट्टेचौरका करिब ३० वर्षीय यम बहादुर सूर्यवंशी घाइते भएका छन् । घटनामा गम्भीर घाइते घर्तीलाई उपचारका लागि गम्घासस्थित गुल्मी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा थिए ।

मोटरसाइकल अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो । घटनामा घाइते भएका सुर्यवंशीलार्ई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप