गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
शुक्रबार, १४ वैशाख २०८१, ०९ : ०५
बुटवल । गुल्मीदरबार गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन् । गुल्मीदरबार–३ को म्यालपोखरीस्थित रिडी तम्घास मुख्य सडकमा लु ३५ प ५४८४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २९ वर्षीय अनिलराज घर्तीले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी शंकर पोखरेलका अनुसार सोही पालिका–४ भट्टेचौरका करिब ३० वर्षीय यम बहादुर सूर्यवंशी घाइते भएका छन् । घटनामा गम्भीर घाइते घर्तीलाई उपचारका लागि गम्घासस्थित गुल्मी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा थिए ।
मोटरसाइकल अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खसेको थियो । घटनामा घाइते भएका सुर्यवंशीलार्ई थप उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण