छोराको आसमा १२ पटक गर्भधारण
ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्म दिएकी उनले ज्यान जोखिममा राखी पाँचवटा गर्भ पतन गरिन् । जसको असरले अहिले उनको ज्यान कमजोर बनेको छ । सानै उमेरमा धेरै सन्तान जन्माउनु उनको रहर होइन, छोरा पाउनुपर्छ भन्ने पति र परिवारको दबाबले इच्छाविपरीत उनी बच्चा जन्माउन बाध्य भइन् ।
अहिले पनि उनी गर्भवती छिन् । उनकै गाउँकी दाना जैसीले पनि आठ सन्तान जम्माइन् । छोरा पाउने आसले उनले ३९ वर्षको उमेरमा आठ सन्तान जन्माएकी हुन् । धरै सन्तान जन्माउँदा रगत बग्ने, ज्यान दुख्ने, खान मन नलाग्नेजस्ता समस्याले उनी पीडित छिन् । छोराको पर्खाइमा ज्यानको बाजी थापेर सन्तान जन्माउने शर्मिला र दाना जैसी गाउँका प्रतिनिधि आमा मात्र हुन् ।
आफ्नो वंश विस्तार हुने र मरेपछि दागबत्ती दिन छोरा नै हुनुपर्छ भन्ने परम्पराबाट ग्रसित पति, परिवार र समाजको दबाबमा हिमाली जिल्ला हुम्लाको गाउँका आमाहरु अहिले पनि इच्छाविपरीत छोरी जन्माउन बाध्य छन् । यो समाचार नागरिक दैनिकमा गणेश विशुले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत