शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शालिकराम पुडासैनी मृत्यु प्रकारणमा साक्षीको बकपत्र सुरु : रवि लामिछाने सोमबारसम्म चितवनमै रहने

आइतबार, ०५ असोज २०७६, २० : ४६
आइतबार, ०५ असोज २०७६

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकारणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीले सोमबारसम्म चितवनमै बस्नुपर्ने भएको छ ।
आइतबारदेखि न्यायाधीश हेमन्त रावलको इजलासमा पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु भएकाले उनीहरुले चितवन नै बस्नु पर्ने भएको हो ।

लामिछानेसहित तीनजनाविरुद्ध जाहेरी दिने पत्रकार पुडासैनीकी श्रीमती सम्झनाको पनि बकपत्र लिइने छ । सरकारी पक्षका जाहेरीकर्ता, अनुसन्धानकर्ता, शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिक गरि १३ जनाको बयान लिइने छ ।

प्रतिवादीको तर्फबाट २३ जनाको नाम रहेकाले सोमबार बेलुकी वा मंगलबारसम्म बकपत्र चल्नेछ । यसअघि उक्त मुद्धामा  जिल्ला अदालत चितवनले  लामिछाने र कँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने पाँच लाख र कँडेल तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको थियो
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप