शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख पदबाट अलग बसी छानविनमा सहयोग गर्नुपर्छ : गगन थापा

मङ्गलबार, १४ असोज २०७६, १० : ४८
मङ्गलबार, १४ असोज २०७६

बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले एक महिलालाई बलात्कार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई पदबाट अलग भएर छानविनमा सहयोग गर्न सुझाव दिएका छन् ।

मंगलबार विहान प्रदेश ५ रिर्पोटर्स क्लब बुटवलले गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै नेता थापाले सञ्चारमाध्यममा आएको विषय गम्भीर भएको बताउँदै छानविनमा सहयोग गर्न सभामुखले पद भन्दा बाहिर बस्नुपर्ने सुझाव दिएका हुन् ।

नेता थापाले  सभामुखमाथि लगाइएको आरोपले आफू प्रतिनिधी सभाको सदस्यका हैसियतले स्तब्ध भएको समेत बताए ।

सभामुखजस्तो गरिमामय पदमा रहेका महरामाथिको यो आरोप देश कै प्रतिष्ठासँग जोडिएकोले घटनाको गम्भीर छानविन हुनु पर्ने नेता थापाको धारणा थियो ।

‘यो केसलाई ढिसमिस पार्ने प्रयास नहोस,’ नेता थापाले भने, ‘गहिराइमा गएर छानविन गरिनुपर्छ  र सभामुखमाथि लागेको आरोप पुष्टि भए सामन्य नागरिकलाई हुने कारवाही उहाँलाई हुनुपर्छ ।’

यदि महिलाले गलत आरोप भए उनलाई पनि कारवाही  गर्नुपर्ने माग राखे । 

फरक प्रसङ्गमा नेता थापा नेपाली काँग्रेस भातृसंगठनको म्याद थपिएको र अब छिटै भातृसंगठन विवाद मिलाउने र प्रदेश जिम्मेवारी तोकिने बताए ।

हिजो गुल्मीको हाडहाडेमा नेपाली काँग्रेसले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएर थापा बुटवल आइपुगेका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप