केन्द्रीय संस्करण
अन्तरवार्ता

‘दसैँ मात्र होइन, सबै चाडपर्वलाई रूपान्तरण गर्नुपर्छ’

दसैँ आदिम साम्यवादी समाजसँग जोडिएको छ : मोहन वैद्य

person explore access_timeअसोज १९, २०७६ chat_bubble_outline1
बबिता शर्मा

रातोपाटी

नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्यसँग दसैँ पर्वको अवसरमा गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंको बुझाइमा दसैँ, चाडपर्व, संस्कृति र परम्परा भनेको के हो ? मानव जातिसँग यसको सम्बन्ध र त्यसको महत्त्व के हो ?

दसैँको पौराणिक सन्दर्भ छ । थोरै ऐतिहासिक सन्दर्भ पनि छ । मिथक अथवा कथाका कुरा गर्दा देवताहरूलाई दानवहरूले हैरान पारे, समस्यामा पारे । त्यसैले देवीहरूको शरणमा देउता गए । देवीले दानवहरूलाई समाप्त पार्ने काम गरिन् ।

शुम्भ निशुम्भ महिषासुरहरूलाई मारिएको भन्ने कथा छ । त्यही कथासँग जोडिएर रामायणको पनि कथा आउँछ । रामले रावणमाथि विजय प्राप्त गरेको दिनलाई दसैँ भनिन्छ । अर्को, रामले रावणमाथि विजय प्राप्त गर्दा पनि दुर्गाहरू खुसी बनाएको भन्ने कुरा पनि छ । समग्रमा सबै हेर्दा दसैँ आदिम साम्यवादी समाजसँग जोडिएको छ । आदिम समाजमा महिलाहरूको महत्त्वसँग पनि जोडिएको छ ।

पछि मातृसत्ताबाट पितृसत्ता हावी भयो । त्यो राज्यसत्तासँग जोडियो । राज्यसत्ता शक्तिसँग जोडिएको हुन्छ । त्यो सत्ता महिलाहरूको शक्तिसँग जोडिन्छ । यही मानसिकताको अवशेषसँग जोडिएको छ भन्ने लाग्छ । 


नेपालमा प्रचलित चाडवाडहरूको स्वरूप र प्रकृति विशुद्ध धार्मिक छन् वा त्योसँग एकल धर्मसंस्कृति मात्र हैन, बहुल धार्मिक सांस्कृति पक्षहरू पनि जोडिएको हुन्छ ?

हो, बहुधार्मिक पक्षसँग जोडिएको छ । खासगरी दसैँ हिन्दु धार्मिक समुदायसँग बढी जोडिएको छ ।  तर यसको सुरुमै जाने हो भने आदिवासी जनजाति समुदायले दसँै बहिष्कार गर्ने कुरा ल्याए । सायद यो पितृसत्तात्मक कालसँग जोडिएको सन्दर्भमा त्यो मिल्छ ।

अझ पुरानो तरिकाबाट जाने हो भने त्यहाँ त न हिन्दु धर्म थियो न अरू धर्म, पहिलो कुरा । दोस्रो, हिन्दुधर्म पनि कसरी धर्म बन्यो भनेर पनि हेर्नुपर्छ । यो क्षेत्रको सबैभन्दा पुरानो धर्म ‘शाक्त’ धर्म हो । शाक्त भनेको शक्ति ।

अरू जे भए पनि दसैँ शक्तिको महिमा र नारीको महिमासँग जोडिएको छ । तर पछि पुरुषहरूले आफ्नो हितमा लगाए । सामन्तहरूले पनि आफ्नो हितमा लगाए । अन्य धर्ममाथिको दमन परम्परासँग जोडिएको हुँदा पछि विस्तृत भएर गयो । त्यसकारण नै आदिवासी समुदायले मान्न थाले ।

क्रिस्चियन धर्म, हिन्दु धर्म, इस्लाम धर्म, बोन धर्म, बौद्ध धर्म, जैन लगायत सबै धर्मलाई हाम्रो जस्तो बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा स्थान दिनुपर्ने हुन्छ । 

यहाँ धर्मनिरपेक्ष मुलुकको कुरा पनि आउँछ । यसको अर्थ धर्म मान्नेलाई पनि स्थान छ, नमान्नेलाई पनि स्थान छ । तर यहाँ शासकहरूले त्यसको अपव्याख्या गरे, त्यसलाई बिगारे ।

हामी कम्युनिस्ट हाँै, कुनै धर्म मान्दैनाँै । जनसङ्ख्या लेखाउँदा हाम्रो नाम हिन्दु धर्म मान्नेमा लेखेको हुन्छ । यो गलत हो । यहाँ आफ्नै ढङ्गले प्रयोग गरेका छन् । यहाँ यो चाडपर्व यो जातिको भन्ने गरिन्छ । जनताले सबैको मान्छन् त ? त्यो अवस्थामा सबै धर्मप्रति समानभाव गर्नुपर्छ । तर एउटा धर्मले अर्को धर्मलाई उत्पीडन गर्न पाइँदैन । राज्यले कुनै एउटा धर्म विशेषलाईमात्रै महत्त्व दिन पाइँदैन ।

दसैँ मनाउने सन्दर्भमा हरेक वर्ष कित्ताकाट हुने गर्छ । तपाईंको विचारमा प्रगतिशील विचारधारा राख्नेले कसरी मान्नुपर्छ दसैँ ?

प्रगतिशील विचारधारा अनुसार दसैँ मान्नुपर्ने ठीक छैन । किनकि उहिले जमानाका राम, रावण, दुर्गाका कथा ल्याएर मान्नुपर्छ भन्ने जरुरत छैन । यो थुप्रैले बुझेका पनि छन् । दसैँ मान्नुको पछाडि सामाजिक कारण बढी हो जस्तो लाग्छ ।

*****

अहिले चाडपर्व बढी मनाउने कारण राज्यसत्ता पनि हो । राज्यसत्तालाई धान्न धर्म चाहियो । पुरानो राज्यसत्ता धर्मको आडमा टिकेको हुन्छ । पुरानो राज्यसत्ताले त्यही धर्मलाई मान्छ ।

*****

पहिला दसैँमा १५ दिन जस्तै बिदा हुन्थ्यो । अहिले अलि कम भयो । कर्मचारी, शिक्षक लगायत सबैले छुट्टी पाउने भएको हुँदा यसको महत्त्व बढी भएको हुनुपर्छ । नत्र धर्मसँग मात्रै जोडिएको भए एक दिन बिदा राखे पनि हुन्छ । धार्मिक कारण कम सामाजिक कारण बढी हुनुपर्छ ।

अर्कोतर्फ एक प्रकारले भन्दा राज्यसत्ता माथि विजय हो । अबका परम्परामाथि ध्यान दिँदै जानुर्यो । थुप्रै सहिद छन्, यी सहिदलाई ध्यानमा राखेर दुई चार दिन बिदा दिने हो भने सामाजिक दृष्टिकोणले त्यहीँ छुट्टी पाइन्थ्यो । त्यसकै महत्त्व हुन्थ्यो । अब यस्ता दिवसलाई ध्यान दिने र चाडपर्वलाई बदल्नु पर्छ । 

अहिले चाडपर्व बढी मनाउने कारण राज्यसत्ता पनि हो । राज्यसत्तालाई धान्न धर्म चाहियो । पुरानो राज्यसत्ता धर्मको आडमा टिकेको हुन्छ । पुरानो राज्यसत्ताले त्यही धर्मलाई मान्छ । नेपालमै हेराँै न । कति सरकार बदलिए/बदलिन्छन् तर पर्व मनाउने प्रचलन पुरानै छ ।

फूलपातीको चलन त्यही छ । पहिला राजा जान्थे अहिले राष्ट्रपति जान्छन् । साँचो अर्थमा सत्ता परिवर्तन भयो भने यस्ता चाडवाडलाई नवीकरण र रुपान्तरण गर्नुपर्छ । नवीकरण गर्दा चाडपर्व जनतामा जोडिएकोे हुँदा जनआस्थातिर पनि ध्यान दिनुपर्र्यो । तर नवीकरण गर्दै जानुपर्यो ।

धर्मसंस्कार चाडवाड मिथक, अन्धविश्वास र भावनाहरूसँग जोडिएका हुन्छन् । यी धर्म संस्कार र चाडबाडलाई आजको युगानुकूल हुने गरी आम मानिसले कसरी मनाउनु ठीक हुन्छ ?

अन्धविश्वासको आधारबाट मनाउन हुँदैन । यो तोडिनुपर्छ । हामीले पुरानो समाजको मिथकमाथि पनि ध्यान दिने र महिलाहरूले खेलेको भूमिकालाई उजागर गर्दा ठिकै हुन्छ । पुराना थुप्रै मिथकहरूका राम्रा राम्रा कुरा उजागर गर्ने र आजको प्रसङ्गसँग जोडेर अन्धविश्वाससँग मुक्त भएर मनाउनुपर्छ ।

दसैँ चाडको सांस्कृतिक अन्तर्य भनेको एउटा मिहिनेत गरी खटिखाने जातिको राजा महिषासुरलाई एउटा स्त्री दुर्गाको माध्यमबाट छलकपट गरेर पराजित गरिएको त्यो दुर्दान्त घटना हो, जसले हिजोको सामन्तवादी सोच र संस्कृतिलाई नै बढावा दिनेगर्छ भन्ने खालका सुन्दा अल्ट्रा लाग्ने खालका विचारहरू पनि यदाकदा सुन्न, पढ्न पाइन्छ । यो कुरा तपाईंलाई कस्तो लाग्छ ?

महिषासुरको प्रसङ्ग मैले अघि जोडँे । पुरानो कथा र पुरानो किस्सालाई के छलकपट भन्ने यो धेरै गाह्रो छ । यी धर्म पुराणका कुरा गरिसाध्य छैन । असुरहरूलाई कतिले भौतिकवादी भन्छन् । देउताहरू आदर्शवादी हुन् भनेर थुप्रै लेखेका हुन्छन् । पुराणको कुरा आधा सत्य आधा असत्य । तिनै असुरहरूलाई भौतिकवादी भनेको हुन्छ । तिनै असुरवादीलाई एकदम देउताको तपस्या गर्थे भन्ने गरिएको छ । रामायणमा रावणले पनि तपस्या गर्थे भनिन्छ । भौतिकवादी हुन् भने किन तपस्या गरे त ? यस्ता खालका तोडमोड छन् । तर यसलाई छलछाम, षड्यन्त्र भन्नुभन्दा पनि राज्यसत्ताको कामै त्यही हो । यी मिथक हुन् । यी मिथकको व्याख्या गर्दा अलि सतर्क हुनुपर्छ । सबै साँचो हुन् भन्ने होइन । केही साँचा पनि हुन् । जस्तो महाभारत । महाभारत सबै झुटो हैन । त्यसभित्रका कैयाँै अंश साँचा छन् । त्यसकारण यसबाट हामीले राम्रा राम्रा कुरा लिनुपर्छ ।

*****

हिजोको राजाले जस्तै अहिलेको राष्ट्रपतिले टीका लगाइदिने गरेका छन् । हिजोका राजाको काम अहिले राष्ट्रपतिले गरेको छ । यस्ता कुरा परिवर्तन गर्नुपर्छ ।

*****

जहासम्म षड्यन्त्रको कुरा छ, त्यो राज्यसत्ताको काम हो । साम, दाम, दण्डभेद भनिन्छ नि, यी राज्यसत्ताको नीति हुन् । 

कतिपयले के मान्यता राख्छन् भने दसैँ भनेको विगतको खस हिन्दु राज्यसत्ताले आम नेपालीमाथि जबरजस्ती थोपरिदिएको धार्मिक पर्व हो, जसको आधार भनेकै अन्य जाति, धर्ममाथिको प्रभुत्ववादी र दमनकारी सोच हो र यस अर्थमा यो पुरानो राज्यसत्ताले जनतामाथि थोपरिदिएको राजनीतिक पर्व हो । त्यसैले अबको गणतान्त्रिक सरकारले यो चाडलाई विगतका राज्यसत्ताहरूले जस्तै उच्च प्राथमिकता दिएर मनाइ बस्नुको कुनै अर्थ छैन भन्ने आवाजहरू पनि उठ्ने गर्छन् ? यसलाई कसरी लिने ?

यसमा परिवर्तन गर्नुपर्छ । गणतन्त्र आइसकेको छ । गोरखाको मनकामना मन्दिरबाट फुलपाती बोकेर धादिङ, नुवाकोट हुँदै यहाँ आएर फूलपाती बिसाउने चलन छ । यो त भएन नि । संस्कृतिको कुरा किताबमा लेखेर राखेको ठीकै छ । त्यो पढ्ने कुरा मात्रै हो । तर त्यसलाई व्यवहारमै लागू गर्ने र अरु माथि बलात थोपर्ने परम्परा गलत छ । यसलाई मेट्नुपर्छ, पहिला ।

दोस्रो, हिजोको राजाले जस्तै अहिलेको राष्ट्रपतिले टीका लगाइदिने गरेका छन् । हिजोका राजाको काम अहिले राष्ट्रपतिले गरेको छ । यस्ता कुरा परिवर्तन गर्नुपर्छ । सबैले सल्लाह गरेर गतिलो तरिकाले सहिद दिवस मनाउँ राम्रोसँग । सामाजिक रूपले छुट्टी चाहिन्छ । बरु त्यो बेला चार पाँच दिन छुट्टी दिउँ । सबै धर्म मान्नेहरूको एकै दिन गराइदिने । हिन्दुलाई छुट्टै, मुसलमानलाई छुट्टै, बौद्धलाई छुट्टै बिदा दिनुपर्दैन । देशभरि जति पनि जाति छन् सबैले एकै दिन मान्ने  । सबैले मान्ने भनेको सहिद दिवस हो । व्यक्तिगत रूपमा मान्ने चाडपर्व मान्नेले मान्छन् ।

जनतालाई तिमीले धर्म नमान भन्न त भएन । त्यो जनताको कुरा भयो । तर सरकारले महत्त्व दिएर मान्ने सहिद दिवस हुन्छ । सहिद दिवसलाई सबैले मान्ने र सरकारले त्यहीबेला चार पाँच दिन छुट्टी दिने । यसो गर्दा चाडपर्वको नवीकरण हुन्छ । सामाजिक दृष्टिकोणले पनि छुट्टी पाउने भयो । त्यसले भेटघाट, जमघट पनि हुन्छ ।

त्यसो त दसैँका पक्षधरहरूले चाहिँ दसैँ भनेको एकल हिन्दु धार्मिक पर्व मात्र नभई सबै जातभाषाभाषी र धर्मावलम्बीहरूको साझा संस्कार भएको यस अर्थमा पनि यसलाई राज्यले विगतमा जस्तै उच्च प्राथमिकता दिनुपर्छ र अहिले काटिएका दसैँ बिदाहरूलाई यथावत पुनःस्थापना गर्नुपर्छ पनि भन्ने गर्छन् । यसबारेमा तपाईंको भनाइ के हो ?

यो ठीक हैन । हिन्दुधर्मको पर्व मनाउने अनि सबै धर्मको पर्व हो भन्न भएन नि । यो पर्व हिन्दुहरूकै हो । अरूले पनि खुसीले मनाउँछन् भने त्यो केही भएन । तर यो सबैको भन्नु हुँदैन ।

फेरि संस्कृति हरेकको एकअर्काबाट सर्छ । दसैँ परम्परागत ढङ्गले मनाइआएको हुँदा यो सरल, सजिलो छ । तर सबैको हो भन्न हुँदैन । बुद्धिस्टका आफ्नै हुन्छन्, मुस्लिमका आफ्नै हुन्छन् । हरेकका आआफ्नै हुन्छन् ।

बिदाको प्रसङ्ग मैले भनि पनि सकेँ, एउटा दिन मनाउने । राज्यले सबै जनतासँग सल्लाह गरेर चार पाँच दिन कति छुट्टी दिनुपर्ने हो त्यसका लागि सबैको साझा सहिद दिवस हुन सक्छ । देशमा त्यत्रा आन्दोलन भए, धेरै सहिद भए उनीहरूको सम्मान पनि हुन्छ यसो गर्दा । त्यो राज्यले मनाउने । अरू धार्मिक पर्व व्यक्तिगत रूपमा कसैले मनाउँछ भने छोडिदिने ।

*****

अरू धर्म प्रगतिशील हुने हिन्दु धर्म गैरप्रगतिशील हुने भन्ने त हुँदैन । त्यसकारण रूपान्तरण भनेको एउटा धर्ममा मात्रै होइन कि सबै धर्मलाई रूपान्तरण गर्ने प्रक्रियामा जानुपर्छ । कम्युनिस्ट विचारधारा मान्छौँ भन्नेहरूले सबै चाडपर्वलाई रूपान्तरण गर्नतिर जानुपर्छ ।  

*****

कुन कुन जातिले केके पर्व मान्छन्, मान्न दिने । उनीहरूलाई नमनाऊँ भनेर करकाप नगर्ने । उनीहरूले एकले अर्कालाई दबाउने किसिमले भने नमनाऊन् ।

तर सबैलाई मान्य हुने सहिद दिवस पारेर पाँच सात दिन छुट्टी दिने र राम्रो तरिकाले मान्ने । देश र जनताको मुक्तिको निम्ति प्राणको आहुती दिनेहरूको सम्मान गर्ने । त्यसरी मनाउँदा ठीक हुन्छ ।

जनता सहमत हुन सके भने यसरी नयाँमा रूपान्तरण गर्ने । तर यसो गर्दा धार्मिक आस्थामा चोट लाग्छ, कसैलाई भने हुन्न फेरि । अहिले त राज्यले छुट्टी दिन पनि समस्या छ । इस्लाम धर्मका थुप्रै चाडपर्वहरू छन्, उनलाई थोरै दिने, हिन्दु धर्मकालाई धेरै दिने भन्ने प्रश्न त उठिहाल्छ ।

तपाईंको विचारमा प्रगतिशील विचारधारा राख्नेले कसरी मान्नुपर्छ दसैँ ?

अहिले प्रगतिशीलहरू पनि बिग्रँदै विगँ्रदै गएर पुरानै परम्परामा फर्केका छन् । फेरि यहाँ हिन्दु धर्म मान्नेले काज क्रिया इत्यादि गर्ने कुरा बदल्नुपर्छ भनेर अरू अरू धर्म मान्नेले भन्ने, अनि आफ्नो धर्म सबै मान्ने । यसो गर्न पाइँदैन ।

*****

रातो र सेतो टीका बारे विवाद हुन्छन् । रातो टीका विजयको प्रतीक हो । हाम्रो समाजमा रातो टीका स्थापित भइसक्यो । टीका नै लगाउने भएपछि सेतो टीका लगाउने रातो टीका नलगाउने भन्ने त भएन । कि टीकै लगाउन भएन । टीका लगाउने भएपछि रातो लगाउन हुन्छ सेतो लगाउन हुन्न भन्न पनि भएन ।

*****

उदाहरणका लागि जनजातिहरूले पनि टीकाटालो, अक्षता सबै गर्छन् । आफूले चाहिँ गर्ने अनि हिन्दु धर्मलाई तिमीहरूले यसो गर्यौ भन्न पाइएन नि ।

अरू धर्म प्रगतिशील हुने हिन्दु धर्म गैरप्रगतिशील हुने भन्ने त हुँदैन । त्यसकारण रूपान्तरण भनेको एउटा धर्ममा मात्रै होइन कि सबै धर्मलाई रूपान्तरण गर्ने प्रक्रियामा जानुपर्छ । कम्युनिस्ट विचारधारा मान्छौँ भन्नेहरूले सबै चाडपर्वलाई रूपान्तरण गर्नतिर जानुपर्छ ।  

दसैँमा रातोटीका र सेतो टीकाको विवाद चल्ने गर्छ ? के हो यो ? रातो र सेतो टीकाले अनि त्यसमा उठेका विवादले के कुराको प्रतिबिम्बन गर्छ ?

रातो र सेतो टीका बारे विवाद हुन्छन् । रातो टीका विजयको प्रतीक हो । हाम्रो समाजमा रातो टीका स्थापित भइसक्यो । टीका नै लगाउने भएपछि सेतो टीका लगाउने रातो टीका नलगाउने भन्ने त भएन । कि टीकै लगाउन भएन । टीका लगाउने भएपछि रातो लगाउन हुन्छ सेतो लगाउन हुन्न भन्न पनि भएन ।

यी विवाद आफ्नो ठाउँमा हुन् । तर रातो चिन्ह विजयको प्रतीक हो । क्रान्तिको चिन्ह पनि हो । काटमारको चिन्ह पनि हो फेरि रातो । अरूले शान्तिको चिन्हभन्दा निलो चिह्न हुन्छ  । त्यो त व्याख्या गरेर अर्थ लगाएको जस्तो लाग्छ । काटमार नगर्याको छ र । सबैले गरेका हुन्छन् सत्ताका लागि । जे होस् मैले बुझेको रातो चिह्न विजयको प्रतीक हो ।

कतिपय जनजाति अगुवाहरू दसैँको रातो टीका बाहुनवादको प्रतीक भएको र जनजातिहरूले चाहिँ सेतो टीका लगाउनुपर्छ भन्ने तर्क दिने गर्छन् । फेरि कतिपयले चाहिँ रातो टीका गैरलडाका खसहरूको हैन, जनजातिकै हो, जनजाति लडाका रहेको र उनीहरूले युद्धमा जाँदा वा जितेर फर्केपछि रातो टीका लगाउने प्रचलन रहेको बताउने गर्छन् । तपाईंलाई के लाग्छ ?

यो जनजातिकै होला । सुरुको परम्परामा मिथक परम्परा हेर्दै जाँदा दुर्गा पूजासँग सम्बन्धित देवीहरूले दानवहरू माथि विजयी प्राप्त गरे । त्यसकारणले यो सबैको हो । बाहुनको मात्रै हो भन्ने कुरा हैन । कहाँबाट कुन आधारमा भने त्यो होइन । हो बाहुनवादसँग जोडिएका होलान् । ब्राह्म्णवादको पनि हामीले विरोध गर्नुपर्छ । त्यो गलत छ । सामन्तवाद, पुरानै राज्यसत्तालाई डोराएर लैजान चाहन्छ । यस अर्थमा ब्राह्मणवादको विरोध गर्नुपर्छ ।

दसैँको सबैभन्दा ठूलो नकारात्मकता यो चाड आम मानिसहरूका लागि आर्थिक भार हुने, आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई बन्ने गर्छ । यसलाई कसरी रूपान्तरण गर्न सकिन्छ ?

दुई ढङ्गले रूपान्तरण गर्न सकिन्छ । रूपान्तरणकारी पार्टी, शक्तिहरूले प्रचारात्मक काम गर्दा सम्भव छ । अर्को, राज्यले गर्न सक्छ । दुई शक्ति मिलेर गर्नुपर्छ । तर जति गर्दा पनि जनतामा जागरण ल्याइएन, जनताले स्वीकार गरेनन् भने त्यो प्रत्युक्तपादक हुन्छ ।

*****

जनतासँग गरिने धार्मिक आन्दोलनलाई कम्युनिस्ट भाषामाभन्दा वर्ग सङ्घर्ष जोडेर जाने भन्ने हुन्छ । जति कुरा गरे पनि हुने खानेले खर्च गर्छन् । नहुने खानेहरूले त के खर्च गर्न सक्छन् र ? बीचको पिढी देखावटी गर्दा त्यहीँ सिद्धिन्छ । कमायो कमायो सक्यो । मैले भन्न खोजेको अति गर्न भएन । समग्रमा राज्यसत्ता सामाजिक, सांस्कृतिक क्रान्ति चाहिन्छ ।

*****

पार्टी र राज्य लागे तर जनतालाई तर्क दिएर बुझाउन सकेनन् भने पनि काम लाग्दैन । बरु धार्मिक ढङ्गले अरू कुरा पैदा हुन्छन् । राप्रपा, क्रान्तिकारी पार्टीहरूले पनि जनतामा चेतना फैलाउन पर्यो । राज्यले पनि त्यही मान्यतालाई अवलम्बन गर्दै पुराना परम्परालाई रूपान्तरण गर्ने सांस्कृतिक अभियान चनाउनुपर्छ ।

यो कति सम्भव छ ?

यो अहिले सम्भव छैन । आन्दोलनकारीहरूले त गर्ने भए । हामीले पनि विभिन्न समयमा गर्न खोजेको त हो । जनयुद्धको बेलामा खोजेकै हो । लामो आन्दोलन नभई यस्ता कुरा गर्न सकिन्न । साँच्चिकै क्रान्ति हो नि यो । यो भनेको सांस्कृतिक क्रान्ति हो । सांस्कृतिक क्रान्ति विचारधारात्मक क्रान्ति हो । यसका लागि ठूलो पहल गर्नुपर्छ । जनतलाई जगाउनुपर्छ । अहिले किन सकिन्न भने यो राज्यसत्ताले धर्मको आडमा जनतालाई शोषण गर्ने काम गरेको छ । सारा धार्मिक विकृति, विङ्गतिलाई पवित्रीकरण गरेर गएको छ । यो गलत छ । त्यो छोड्दा बित्तिकै अन्धविश्वास हट्छ । अन्धविश्वास हट्दा राज्यसत्ता गुम्छ । पुरानो राज्यसत्ताका विरुद्ध सङ्घर्षका क्रममा जानुपर्छ । जनतासँग गरिने धार्मिक आन्दोलनलाई कम्युनिस्ट भाषामाभन्दा वर्ग सङ्घर्ष जोडेर जाने भन्ने हुन्छ । जति कुरा गरे पनि हुने खानेले खर्च गर्छन् । नहुने खानेहरूले त के खर्च गर्न सक्छन् र ? बीचको पिढी देखावटी गर्दा त्यहीँ सिद्धिन्छ । कमायो कमायो सक्यो । मैले भन्न खोजेको अति गर्न भएन । समग्रमा राज्यसत्ता सामाजिक, सांस्कृतिक क्रान्ति चाहिन्छ । त्यसको निम्ति कुन आदर्शलाई मानेर गर्ने ? एउटा आदर्श, लक्षलाई अगाडि राखेर अभियान चलाएर जानुपर्छ । मानिलिआँै साँच्चैको कम्युनिस्ट राज्यसत्ता आयो, अहिलेको हैन । साँचो राज्यसत्ता आयो भने हुनेखाने रहँदैनन् । जनताले श्रम गर्ने आधार हुन्छ । जनतालाई बिउँझाइन्छ । जनता बिउँझेपछि ठीकै हुन्छ ।

र जनतस्तरमा रूपान्तरणको अभियान अघि बढाएर लैजान्छ । त्यसकारण धार्मिक आन्दोलनलाई आर्थिक पक्षसँग जोडेर लैजानुपर्छ । यो धर्म हो, चाहिँदैन ईश्वर फालभन्दा कुरा मिल्दैन । त्यसैले यी कुरा छोडिदिनुस् । एक जना लेखकले भनेका छन्, गाउँमा जहाँसुकै शोषण उत्पीडन छ । त्यो बेलामा अत्यन्तै मर्कामा परेको र कुरा नबुझेको जनताले ‘हे ईश्वर मलाई दुःख दिने फटाहा जाली सामन्तलाई खत्तम गर्दे’ भन्छ । यसको नाश होस् त भन्छ तर ईश्वरलाई पुकारेर भन्छ । यो वर्ग सङ्घर्षसँग त जोडियो नि । अब पनि यसैगरी जानुपर्छ ।

अर्कोतर्फ राजामहाराजाहरूले गाईको मासु खान हुँदैन भन्छन् तर उनीहरूलाई नै चाहिन्छ । उनीहरूले नै ल्याउँछन् । फेरि हिन्दु धर्म मान्नेहरूले गाईको कुरा किन उठाउनुपर्र्यो भनेको । वेदको कुरा गर्दा गाईमारेर खाने चलन छ । पाहुना आएको बेला गजब गजबका कोराला, कोरलीहरू मारेर खाने भन्ने छ । हिन्दुधर्मको मूल ग्रन्थ वेद भन्छन् । अनि उनीहरूनै यस्ता वाइयात कुरा गर्छन् । सब कुरा यिनीहरूले बिगारेका हुन् । यस्ता कुराको बारेमा प्रष्ट हुन जरुरी छ ।

हरेक कुरामा सकारात्मकता र नकारात्मकता दुवै पक्षहरू अन्तरनिहित हुने गर्छन् । बुँदागत रूपमा भन्नुपर्दा तपाईंको विचारमा दसैँको सकारात्मकता र नकारात्मकताहरू के के हुन् ?

नकारात्मक पाटो भनेको दसैँलाई अन्धविश्वास तरिकाले मान्ने, पुरानो परम्परा छोड्न नचाहने नै हो । दसैँ राजतन्त्रसँग जोडियो । पुरा नै राज्यसत्ता, पुरानै संस्कृतिलाई जोडेर छुट्टी दिने कुराहरू भयो ।  यो गलत छ । पहिला दुर्गा भवानीको कुरा अलग थिए ।

दसैँको नाममा केही दिन छुट्टी पाइयो, अलि अलि मनोरञ्जन, भेटघाट हुने भयो यो सकारात्मक पाटो भयो ।

मोहन वैद्यको दशैंः टीका लगाउन्नँ तर टीका लगाएर सबै बिग्रिहाल्छ भन्ने पनि होइन
दसैँ आयो । कसरी मनाउने योजना गर्नुभएको छ दसैँलाई ?
दसैँमा टीका लगाउँदिनँ, धेरै वर्ष भयो टीका नलगाएको । सानो हुँदा आमा बाले टीका लगाइदिनुहुन्थ्यो । अरू मान्यजनहरूले टीका लगाइ दिनुहुन्थ्यो । मैले घरमा कसैलाई टीका लगाइदिन्न । छोरी, नाति नातिना, भाइहरूलाई टीका लगाइदिन्न । त्यसबाहेक परिवार जम्मा भइन्छ । अलि अलि खानपिन हुन्छ । अरू खर्च पनि गरिन्न । दसैँ आयो सबैले मीठो मसिनो खाने भन्छन्, हामीले पनि त्यही गर्छौँ । अरू त्यस्तो केही योजना छैन ।
मतलब परिवारमा अरूले टीका लगाउनुहुन्छ ?
अरूले लगाउँदैनन् । लगाउने मान्छे नै हुँदैनन् । यहाँ मसँग हुँदा टीका लगाउन्नन् । कसले लगाइदिने र लगाउने मान्छे हुँदैनन् । उनको माइत गएपछि के गर्छन्, थाहा छैन । टिकै लगाउन हुन्न भन्ने पनि हैन होला । टीका लगाएर सबै बिग्रिहाल्छ भन्ने पनि होइन फेरि ।
यो वर्ष पनि लगाउनुहुन्न तपाईंले टीका ?
यो वर्ष पनि लगाउँदिन ।
हरेक वर्ष दसैँ आउँदा तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
दसैँ आउँदा सबै रमाउँछन् । अरू रमाउँदा आफू पनि रमाउँने भइहाल्छ । भेटघाट हुन्छ ।
भूमिगत कालमा दसैँ कसरी मनाउनुहुन्थ्यो ? आम जनताका घरमा सेल्टर लिँदा दसैँ मनाउँदाका रमाइला र दुःखद् अनुभवहरू केकस्ता छन् ?
मनाउने थिएनाँै । त्यो बेला झन् कहाँ मनाउनु । पछि साथीहरू पुरानै परम्परामा फर्किनु भयो । दसैँको टीकामा मात्रै गएको भए त हुन्थ्यो, राज्यसत्ता पुरानैमा गए । परिवर्तनतिर साथीहरू जानुभएन ।

 

कमेन्ट

  1. Oct. 7, 2019, 12:44 a.m. Alok Karna
    Kaam na kaaj ka dushman anaaj ka....kera ko pragatishil maanchey,,,pagal budho
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...