शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युरोकप छनोटमा फ्रान्स र टर्कीको कठिन जित

शनिबार, २५ असोज २०७६, ०९ : ३२
शनिबार, २५ असोज २०७६

एजेन्सी । विश्वकप विजेता फ्रान्स र टर्कीले युरो कप छनोट फुटबलमा कठिन जित हात पारेका छन् । समूह ‘एच’ अन्तर्गत शुक्रबार राति भएको खेलमा फ्रान्सले आइसल्यान्डलाई १–० गोलले हरायो । टर्कीले अल्बानियालाई १–० गोललेनै पराजित गर्यो ।

आइसल्यान्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जिताउन ओलिभर गिरोडले ६६औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । फ्रान्सका लागि ओलिभरको यो ३७औं गोल हो । 

यसैगरी टर्कीको जितमा सेन्क टोसुनले खेलको अन्तिम समयमा निर्णायक गोल गरे । टोसुनले इन्जुरी समयमा गोलगर्दै टर्कीको जित सुनिश्चित पारेका थिए । 

अर्को खेलमा एन्डोराले मोल्डोभालाई १–० गोलले हराएको छ । एन्डोराको जितमा मार्क भालेसले ६३औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै समूह ‘एच’ बाट फ्रान्स र टर्कीले युरो कपमा छनोट हुने सम्भावना बलियो बनाएका छन् । फ्रान्स र टर्कीले सातखेलबाट समान खेलबाट १८ अंक बनाएका छन् । 

गोल अन्तरका आधारमा टर्की शीर्ष र फ्रान्स दोस्रो स्थानमा छ । १२ अंक बनाएको आइसल्यान्ड तेस्रो स्थानमा छ । नौ अंक बनाएका अल्बानिया चौथो तथा समान तीन तीन अंक बनाएका एन्डोरा र मोल्डोभा क्रमशः चौथो र पाँचौं स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप