शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रानीपोखरीमा पनि भाइटीका, दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले लगाए भाइटीका (फोटोफिचर)

मङ्गलबार, १२ कात्तिक २०७६, १२ : ५६
मङ्गलबार, १२ कात्तिक २०७६

काठमाडौँ । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाडौंको रानीपोखरीमा पुगेर मंगलबार भाइटीका लगाएका छन् । 

दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले आजको दिन रानीपोखरी पुगेर भाइटीका लगाउने प्रचलन रहँदै आएका छ । यद्यपि आजको दिन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि चार वर्ष अघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाएको हो । 

बिहान ७ बजेबाट सुरु गरिएको भाइटीका बेलुका साढे सात बजेसम्म लगाउन मिल्ने व्यवस्था गरिएको छ । 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । 

तस्बिरहरुः सुवास श्रेष्ठ
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप