मानव तस्करी गर्ने महिला पक्राउ
भोजपुर । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले राई पक्राउ गरेकी हुन् । भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२औँ वाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाका रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शङ्का लागेर सोधपुछ गरेको थियो ।
उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएको प्रहरीले जनाएको छ । उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।
कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन । कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन
-
रेशमको मुद्दामा मिसिल झिकाउन आदेश