फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
काठमाडौँ । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको फष्टलुकसँगै थिम पोस्टर सार्वजनिक गर्दै असार १४ गतेलाई प्रदर्शन मितिको रूपमा बाहिर ल्याएको हो ।
जौन योन्जनको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक पोस्टरमा प्रायः सबैजसो प्रमुख कलाकारहरूले स्थान पाएका छन् । ‘आँखा’ भित्र कलाकारहरूलाई प्रस्तुत गरिएको छ भने त्यसको बिचमा सूर्यमुखी फूललाई समेत जोडिएको छ । अर्को थिम पोस्टरमा पनि फोहोरको थुप्रोमाथि सूर्यमुखी अंकित हुँदा त्यसले फिल्मको कथामा भिन्न संकेत गरेको अनुमान लगाउन सकिन्छ ।
‘फिल्म आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराइसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोणबाट निर्माण भएको हो’ निर्देशक योन्जनले भने, ‘दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधि भित्रको रमाइलो कथा ‘आँखा’ हो ।
फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भीमसेनले तयार पारेका हुन् । आरआर फिल्मसले फिल्मको वितरण गर्न लागेको हो । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्ममा स्मिता लामिछाने,आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल लगायतको अभिनय छ । फिल्ममा बाल कलाकारको भूमिकामा प्रसन राई छन् ।
स्मिता लामिछाने निर्माता रहेको फिल्मको सम्पादन कृष्ण भण्डारी र निर्देशक योन्जनले मिलेर गरेका छन् । आलोक शुक्लाको छायाङ्कन रहेको फिल्ममा संगीत दीपक आरजेको छ भने द्वन्द्व रेवन्त विक्रम थापाले दिएका छन् । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण