शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनललाई लेस्टरको झट्का

आइतबार, २४ कात्तिक २०७६, ०८ : १८
आइतबार, २४ कात्तिक २०७६

इङ्लिस प्रिमियर लिगको बलियो टोली आर्सनललाई लेस्टर सिटीको नमिठो झट्का लागेको छ । जारी लिगमा सानदार प्रदर्शन गरिरहेको लेस्टरले शनिबार राति भएको खेलमा आर्सनललाई २–० गोलले हरायो । 

घरेलु मैदानमा खेलिएको खेलमा लेस्टरलाई जिताउन जेमी भार्डी र जेम्स म्याडिसनले गोल गरे । लेस्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

६८औं मिनेटमा जेमीले गोलगर्दै लेस्टरको उत्साह बढाए । ७५औं मिनेटमा जेम्सले गोल गर्दै लेस्टरको जित सहज बनाएका थिए । बलियो आर्सनललाई हराएसँगै लेस्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरले १२ खेलबाट २६ अंक बनाएको छ । 

पराजित आर्सनल १७ अंक सहित छैटौं स्थानमा छ । चेल्सी तेस्रा स्थानमा छ । चेल्सीले पनि २६ अंक बनाएको छ । तथा २५ अंकसहित म्यानचेस्टर सिटी चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ अंक छ ।

प्रिमियर लिगकै शनिबार राति भएको खेलमा टोट्टनहाम सेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको छ । अन्य खेलमा एभर्टनले साउथह्याम्पटनलाई उसैको मैदानमा २–१, न्युक्यासल युनाइटेडले एएफसी बर्नमाउथलाई २–१ र बर्नलीले वेस्टहाम युनाइटेडलाई ३–० गोलले पराजित गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप