सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सङ्कटमा
पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ ।
गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा पर्दै गएकोमा पुरातत्त्वविद् एवं इतिहासकारहरू चिन्तित बनेका छन् ।
सिन्धुलीगढीको ऐतिहासिक गरिमा र महत्त्वलाई बुझ्न नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै इतिहासकार प्रा. दिनेशराज पन्तले भने, “ऐतिहासिक स्थल र सम्पदा बरु त्यत्तिकै रहनु ठीक छ । ऐतिहासिक सम्पदा स्थलमाथि नयाँ निर्माणको शिलान्यास गर्नु भनेको सम्पदाको अन्त्य गर्नु हो ।” उनले पर्यटन विकासका नाममा ऐतिहासिक सम्पदामाथि बेवास्ता भएकोसमेत बताए ।
उनले सम्पदा क्षेत्रमा नयाँ संरचना निर्माणले पछिका अनुसन्धानमा गम्भीर असर पार्ने भन्दै सिन्धुलीगढी क्षेत्रमा वैज्ञानिक ढङ्गले खोज र अनुसन्धानसहित वीरगाथालाई सम्झाउने गरी पर्यटनको विकास गरिनुपर्ने बताए। यो समाचार आजको गोरखापत्र दैनिकमा दीपक श्रेष्ठले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
सङ्घको राजनीतिक उथलपुथलको मारमा प्रदेश सरकार
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँमा
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान