मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ

शुक्रबार, १४ वैशाख २०८१, १० : १९
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । डलर देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएका २९ वर्षीय सरोज तामाङ र ३६ वर्षीय राज कुमार तामाङ छन् ।

उनीहरूले २०८० चैत १ मा भक्तपुरको लोकन्थलीमा डलर साट्ने बहाना बनाएर ३ लाख ५० हजार ठगेर भागेको आरोप छ । आरोपीहरू विरुद्ध ओखलढुङ्गा घर भएर बुढानीलकण्ठ बस्ने ३२ बर्सिया हिरुमाया मगरले उजुरी दिएकी छन् । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका आरोपीहरुविरुद्ध यसअघि पनि ठगी र अभद्र व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप