मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु

शुक्रबार, १४ वैशाख २०८१, १० : २८
शुक्रबार, १४ वैशाख २०८१

बिहार । बिहारको दरभंगामा ठुलो दुर्घटना भएको छ । जन्तीले पड्काएको पड्काका कारण एउटा घरमा आगो लाग्यो । यस घटनामा एकै परिवारको ६ जनाको मृत्यु भएको छ । सूचना पाउने बित्तिकै प्रहरी र अग्नि नियन्त्रण समूह घटनास्थलमा पुगेको थियो । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको छ ।

जानकारीका अनुसार घटना दरभंगा जिल्लाको अलिनगर प्रखन्डको अन्टोर गाउँको हो । यस गाउँमा बिहे भइरहेको थियो । विवाहको कार्यक्रम चलिरहँदा पड्का पड्काइयो । तर पड्काको आगोले नजिकै रहेको घरमा आगो लाग्यो । घरमा राखिएको सिलिन्डरलाई आगोले भेटेपछि सिलिन्डर पड्कियो ।

अनि त आगो निभाउन झनै मुश्किल भयो । ढोका नजिक राखिएको डिजेलको ड्रम पड्किँदा स्थिति झनै भयावह बन्यो । हेर्दाहेर्दै पूरै घरमा आगोको लप्का देखियो । चारैतिर मान्छे चिच्याइरहेको आवाज आइरहेको थियो । घरको साथसाथै  घरभित्रको सामान जलेर खरानी भयो । आगोमा परेर एकै परिवारको ६ जनाको मृत्यु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप