बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
बिहार । बिहारको दरभंगामा ठुलो दुर्घटना भएको छ । जन्तीले पड्काएको पड्काका कारण एउटा घरमा आगो लाग्यो । यस घटनामा एकै परिवारको ६ जनाको मृत्यु भएको छ । सूचना पाउने बित्तिकै प्रहरी र अग्नि नियन्त्रण समूह घटनास्थलमा पुगेको थियो । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको छ ।
जानकारीका अनुसार घटना दरभंगा जिल्लाको अलिनगर प्रखन्डको अन्टोर गाउँको हो । यस गाउँमा बिहे भइरहेको थियो । विवाहको कार्यक्रम चलिरहँदा पड्का पड्काइयो । तर पड्काको आगोले नजिकै रहेको घरमा आगो लाग्यो । घरमा राखिएको सिलिन्डरलाई आगोले भेटेपछि सिलिन्डर पड्कियो ।
अनि त आगो निभाउन झनै मुश्किल भयो । ढोका नजिक राखिएको डिजेलको ड्रम पड्किँदा स्थिति झनै भयावह बन्यो । हेर्दाहेर्दै पूरै घरमा आगोको लप्का देखियो । चारैतिर मान्छे चिच्याइरहेको आवाज आइरहेको थियो । घरको साथसाथै घरभित्रको सामान जलेर खरानी भयो । आगोमा परेर एकै परिवारको ६ जनाको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण