अव्यवस्थित सडक निर्माणले धुँवा–धुलोको हैरानी
सोमबार, ०२ मङ्सिर २०७६, १८ : ४९
काठमाडौं । ललितपुरको एकान्तकुनास्थित गुम्बा अगाडि भइरहेको अव्यवस्थित सडक निर्माणकाले स्थानीय बासिन्दा धुँवा–धूलोबाट आजित भएका छन् ।
धुँवा–धुलोका कारण स्वास्थ्यमा असर पर्ने गरेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । पानी आउँदा हिलो र घाम लाग्दा धुलो खेपिरहेको स्थानीय बासीको गुनासो छ ।
एक जना स्थानीय बासीले भने, ‘मानिस बस्ने ठाउँमा सडक पुग्नु वास्तविकता हो। तर समयमा काम हुन नसक्दा लामो समयसम्म समस्या झेल्नु परेको छ । स्कुले बालबालिका र बुढा–बुढी यसको मारमा परेको छन् ।’
सुनिता श्रेष्ठ प्रशिक्षार्थी पत्रकार