जोसे मोरिन्हो टोटनह्यामको नयाँ म्यानेजर नियुक्त
बुधबार, ०४ मङ्सिर २०७६, १३ : ०२
टोटनह्याम हटस्पर्सले जोसे मोरिन्होलाई नयाँ म्यानेजर नियुक्त गरेको छ ।
मोरिन्होले सन् २०२२–२३ सिजनसम्म क्लबमा रहने करार सम्झौता गरेका छन् ।
गत वर्ष म्यान्चेस्टर युनाइटेडले बर्खास्त गरेदेखि मोरिन्हा कामविहीन थिए ।
‘यत्रो विरासत र उत्साहीत समर्थक भएको क्लबमा आबद्ध हुन पाउँदा निकै उत्साहित छु,’ उनले भने, ‘क्लबको टोली र एकाडेमी दुवैमा उत्कृष्ट खेलाडीहरु छन् । यी खेलाडीहरुसँग काम गर्न पाउने हुँदा नै म आकर्षित भएको हुँ ।’
क्लबका अध्यक्ष डेनियल लेभीले भने, ‘हामीले जोसेमा विश्व फुटबलका सबैभन्दा सफल म्यानेजर प्राप्त गरेका छौँ ।’
यो सिजन खराब सुरुवात गरेपछि स्पर्सले माउरिसियो पोचेटिन्होलाई म्यानेजर पदबाट बर्खास्त गरेको थियो । स्पर्स हाल लिगको १४ आँै स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?