आफ्ना पूर्व स्टार बेलप्रति मोउरिन्होको चासो, टोट्टनहाम फर्काउने तयारी
स्पेनिस क्लब रियल म्याड्रिडका स्ट्र«ाईकर ग्यारेथ बेलले यस सिजनको सुरुवाततै रियल छाड्न चाहेका थिए । प्रशिक्षक जिनेदिन जिदान पुनः रियलको प्रशिक्षकमा फर्किएपछि बेल जिदानको तारोमा परेका थिए । जिदान र बेलको सम्बन्ध त्यति राम्रो थिएन । बेललाई महत्वपूर्ण खेलमा जिदानले बेन्चमै राखे ।
त्यसैले बेल चिनियाँ क्लबमा महंगो मुल्यमा अनुबन्ध हुन चाहन्थे । अन्तिममा रियलको ब्यवस्थापनले बेललाई चीन जानबाट रोकेको थियो । बेल अहिले पनि रियलमा त्यति सन्तुष्ट छैनन् । चर्चित प्रशिक्षक जोसे मोउरिन्हो टोट्टनहामको प्रशिक्षक बन्नासाथ बेललाई टोट्टनहाम फर्काउने चर्चा सुरु भएको छ । रियलका पूर्व प्रशिक्षक समेत रहेका मोउरिन्होले आफ्ना पूर्व स्टार बेलप्रति चासो देखाएका छन् ।
बेललाई मोउरिन्होले टोट्टनहामबाटै रियल लगेका थिए । बेल र मोउरिन्होको सम्बन्ध राम्रो रहेकोले पनि बेल टोट्टनहाम फर्कने र उनको समस्या समेत समाधान हुने बताईएको छ । ३० बर्षीय बेल सन् २०१३ मा टोट्टनहामबाटै रियलमा गएका थिए । मोउरिन्हो सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा रहँदा पनि बेललाई युनाइटेड लैजाने प्रयास गरेका थिए ।
चार पटक रियललाई च्याम्पियन्स लिग जिताएका बेलले रियलका लागि एक सय ६१ खेल खेल्दै ८० गोल गरेका छन् । उनी रियल आउनु अघि सन् २००७ देखि २०१३ सम्म टोट्टनहाममा थिए । उनले टोट्टनहाममा एक सय ४६ खेल खेल्दै ४२ गोल गरेका थिए । बेल वेल्स राष्ट्रिय टोलीमा महत्वपूर्ण खेलाडी हुन् । बेलको बेल्सले भर्खरमात्र सन् २०२० को युरोकपमा छनोट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता