शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राईद्वारा दुई ठुला आयोजनाको शिलान्यास

आइतबार, १५ मङ्सिर २०७६, २३ : १९
आइतबार, १५ मङ्सिर २०७६

भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई ठूला आयोजनाको शिलान्यास गरेका छन् । उनले बालागुरु षडानन्दको १८५ औं जन्मजयन्तीको अवसरमा रु ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको खानेपानी आयोजना तथा  षडानन्द बहुउद्देशीय धर्मशालाको आज शिलान्यास गरेका हुन् ।

मुख्यमन्त्री राईले बजेटको कारण काममा बाधा नपुग्ने बताए । बजेटका कारण काममा समस्या हुन्छ की भन्ने चिन्ता गर्नु पर्दैन्, बजेटको जिम्मा प्रदेश सरकारले लिन्छ’ उनले भने । आयोजनाको काम तीव्र गतिमा अघि बढाउनतर्फ ध्यान दिन उनले आग्रह गरे । स्थानीय सरकारले गर्न नसक्ने सबै कामको जिम्मा प्रदेश सरकार लिन तयार रहेको मुख्यमन्त्री राईले बताए । भोजपुर र सङ्खुवासभालाई जोड्ने लम्सुवाघाटमा पुल नभएकाले त्यसका लागि पहल गरिरहेको उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप