शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

... त्यसो भए अब चुम्बनका दृश्य गर्ने छैनन् इमरान हाशमी !

आइतबार, ०४ भदौ २०७४, १२ : १२
आइतबार, ०४ भदौ २०७४

बलिउड नायक इमरान हाशमीले उनले करियरको सुरुवातमा पाएको सिरियल किसरको परिचयलाई निकै पहिले बर्सिसकेको र पछिल्ला केही वर्षमा उनले आफ्नो यो पुरानो छवीभन्दा निकै फरक भूमिका निभाएका छन् ।

आफ्नो नयाँ फिल्म ‘बादशाहो’ को प्रोमोशनको क्रममा हाशमीले भने, ‘आफ्नो करियरको सुरुवातमा मैले सिरियल किसरको उपाधि पाएको थिएँ । तर मैले यो परिचयलाई निकै पहिले बिर्सिसकेको छु । जब समाचारमा मेरा लागि यो उपाधिको प्रयोग गरिन्छ तब म हाँसिदिन्छु र यसले मलाई मनोरञ्जन प्रदान गर्छ ।’

उनले ठट्यौली पारामा भने, ‘म सोचिरहेको छु कि मेरो नयाँ फिल्मको सम्झौतामा अब म चुम्बनका दृश्य गर्दिन भन्ने शर्त जोड्नुपर्ला ।’

विक्रम भट्टको थ्रिलर फिल्म ‘फुटपाथ’ (सन् २००३) बाट आफ्नो अभिनय करियरको सुरु गरेका हाशमीले भने, ‘मिडियाको हेडलाईनमा मलाई सिरियल किसरको उपाधि दिइएता पनि आवारापन, जन्नत, वान्स अपन अब टाइम इन मुम्बई, शंघाईजस्तो फिल्ममा यो पुरानो परिचय कतै पनि देखिन्नँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप