गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको रुपन्देही खैरेनीमा १६औं शाखा विस्तार
शुक्रबार, २० मङ्सिर २०७६, १८ : ५२
रुपन्देही– गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले प्रदेश नम्बर ५ रुपन्देहीस्थित खैरेनीमा १६औं शाखा कार्यालय विस्तार गरेको छ ।
रुपन्देही देवदह नगरपालीकाका मेयर हिरा वहादुर खत्री र संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ ले शाखाको उद्घाटन गरे । योसँगै संस्थाको प्रदेश नम्बर ५ मा ३ वटा शाखा कार्यालय संचालनमा आएका छन् ।
संस्थाको निक्षेप संकलन ४ अर्ब १३ करोड तथा कर्जा ३ अर्ब ३४ करोड प्रवाह गरी २०७६ आश्विन मसान्तसम्ममा २ करोड ३४ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा २३ करोड ७२ लाख रहेको छ ।