चन्दा नदिएपछि इटाभट्टामा बम
शनिबार, २१ मङ्सिर २०७६, १३ : १०
रौतहट। चन्दा नदिएको भन्दै एक समूहले राजपुर नगरपालिका वडा नम्बर ७ स्थित चौधरी इटाभट्टामा बम राखेको छ ।
शनिबार बिहान भूमिगत समूह मधेस नेशनल पार्टीले इटाभट्टामा प्रेसर कुकर बम राखेको हाे ।
त्यहाँ कार्यरत मजदूरले झोलाभित्र बम देखेपछि प्रहरीलाई खबर गरेकोमा पछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएकाे छ ।
इलाका प्रहरी कार्यालय राजपुरले दुई महिनाअघि इटा भट्टाका मालिक विनोद प्रसाद जयसवालसँग भूमिगत समूहले चन्दा मागेको थियो । तर जयशवालले चन्दा दिएका नदिएपछि सो समूहले धम्की दिँदै आएको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।