शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थोत्रो गाडी दिएको भन्दै भूमि सुधारमन्त्रीले दाङमा मच्चाए बबाल !

आइतबार, ०४ भदौ २०७४, १६ : ००
आइतबार, ०४ भदौ २०७४

दाङ–भूमिसुधार मन्त्री गोपाल दहितले दाङमा बबाल मच्चाएका छन् । मन्त्री दहितले आफू जिल्ला आउँदा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले आफ्नो मान सम्मान नगरेको भन्दै उनीहरुलाई हप्काउनुका साथै गालिगलोज समेत गरेका हुन् । 


श्रोतका अनुसार मन्त्री दहितले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख (एसपी) दुर्गा सिंहलाई आफू जिल्ला आउँदा स्वागत गर्ने भीड जम्मा नगरेको तथा लग्जरियस (आरामदायी ) गाडीको व्यवस्था नगरेको भन्दै थर्काएका हुन् । 


मन्त्री दहित आईतबार नेपालगञ्ज हुदै दाङ पुगेका हुन् ।  मन्त्री जिल्लामा आउने खवरपछि प्रमुख जिल्ला अधिकारीले मन्त्री दहितलाई एउटा सामान्य गाडी पठाएका थिए । दाङका कमलरीहरुलाई परिचयपत्र वितरण गर्ने कार्यक्रममा उनी सिडियो र प्रहरी प्रमुख बिरुद्ध  एकाएक कड्किए ।  उनले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारीलाई थोत्रो गाडी पठाएर आफ्नो अपमान गरेको भन्दै आफू राजधानी फर्केपछि मन्त्रिपरिषदमै कुरा उठाउने र सिडिओको सरुवा नै गरिदिने धम्की दिएका थिए । 


गृह श्रोतका अनुसार मन्त्रीले हप्काएपछि प्रमुख जिल्ला अधिकारीले तत्कालै गृहमन्त्रालयमा जानकारी समेत गराएका थिए । तर, गृह मन्त्रालयले मन्त्रीको सम्मानमा भन्दा पनि बाढीपीडितको राहतमा ध्यान दिन सुझाव दिएको थियो । 


यसबारे रातोपाटीले मन्त्री दहितसँग सम्पर्क गर्दा आफू दाङमा कार्यक्रममा रहेको बताए । प्रमुख जिल्ला अधिकारीलाई हप्काएको समाचार छ नि ? भनेर प्रश्न गर्दा उनले ‘पछि कुरा गरौला’ भन्दै फोन काटिदिए ।  

तत्कालीन थरुहट तराई पार्टी नेपालका नेता उनले केहि पहिलेमात्रै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग पार्टी एकता गरेका थिए । 
 बर्दियाको नयाँ गाउँमा जन्मिएका पार्टी एकीकरणपछि उनी लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप