बंगलादेशबिरुद्ध पुरुष फुटबलमा नेपालको पहिलो गोल
आइतबार, २२ मङ्सिर २०७६, १७ : २०
काठमाडौँ । जारी १३ औ दक्षिण एसियाली (साग) अन्तर्गत आइतबार पुरुष फुटबल प्रतियोगितामा वंगलादेससँगको प्रतियोगितामा नेपालले सुरुमै एक गोल गरेको छ । खेलको ११ मिनेटमा नौ नम्बर खेलाडी सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
आइतबार साँझ ५ बजे दशरथ रंगशालामा सुरु भएको खेलमा खेलको ११ मिनेटमा बलले गोल गरेका हुन् । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गर्न सफल भएका हुन् ।