शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सागको फाइनलमा नेपाल प्रवेश गर्दा दशरथ रंगशालामा जे देखियो (फोटोफिचर)

आइतबार, २२ मङ्सिर २०७६, १९ : ४८
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौं । नेपाल १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।


 
नेपालको जितका लागि खेलको ११ औं मिनेटमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो।  सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा ६ यार्डबाट गोल गरेका थिए ।  

त्यसपछि पनि नेपालको केही गोलका अवसर सदुपयोग हुन सकेन। यता पहिलो हाफमा पछिल्लो १५ मिनेट बंगलादेशले दबाबमा थियो । दोस्रो हाफमा १५ मिनेटसम्म नेपालले बलमा नियन्त्रण  जमायो । 

त्यसपछि भने केहीबेर बंगलादेशले दबाब बनायो । तर बंगलादेशले गोल गर्न भने सकेन । जितसँगै नेपाल शीर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलमा १० अंक जोड्यो छ। अब नेपालले फाइनलमा स्वर्ण पदकका लागि भुटानसँग आगामी मंगलबार खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप