शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ३२ हजार १ सय ४३ मतदाता थप

आइतबार, ०४ भदौ २०७४, १८ : २३
आइतबार, ०४ भदौ २०७४

माधव बेल्वासे
चन्द्रौटा – कपिलवस्तुमा स्थानिय तहको निर्वाचनपछि ३२ हजार १ सय ४२ जना मतदाता थप भएका छन ।जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुमा साउन १ गतेदेखि भाद्र ३ गतेसम्म मतदाता नामावलि संकलन गरिएकोे हो ।

कपिलवस्तुमा रहेका १० स्थानिय तह मध्य ९ स्थानिय तहमा र १ जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावली  संकलन को काम भएको थियो । साउन १६ गते देखि लागु स्थानिय तहको निर्वाचनमा मतदाता संकलनमा स्थानिय जनताको उल्लेखनिय सहभागिता रहेको थियो ।


कपिलवस्तु जिल्लामा अव जम्मा मतदाता ३ लाख १८ हजार ६ सय ९१ रहेको जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुका निर्वाचन अधिकृत ज्ञानहरी घिमिरेले जानकारि दिनुभयो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप