राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार, १४ वैशाख २०८१, १७ : ५३
विराटनगर । राष्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
यस्तै साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्तिबाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र कोषाध्यक्षमा अस्मिता तामाङ चयन भएका छन् । सदस्यहरुमा अर्जुन भुजेल, शक्तिकुमार झा, बुद्धि तामाङ, नमिरा शेख, गौतमकुमार मण्डल रहेका छन् ।
साधरणसभामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङ, संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक ज्ञानेन्द्रबहादुर विश्वकर्मा, जिल्ला खेलकुद विकास समिति मोरङका सदस्य सरस्वती घिमिरे लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण