मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान

शुक्रबार, १४ वैशाख २०८१, १७ : ४३
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । इन्डोनेसियाकी महिला खेलाडी रोहमालियाले क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् । १७ वर्षीया स्पिनर रोहमालियाले एक प्रतियोगिताका क्रममा एक रन पनि नदिई सात विकेट लिएर विश्व कीर्तिमान बनाएकी हुन् । 

टी–२० अन्तर्राष्ट्रिय पुरुष वा महिला क्रिकेटमा हालसम्म कुनै पनि खेलाडीले यस्तो उपलब्धि हासिल गर्न सकेको छैन । उनले बुधबार खेलिएको मंगलोलियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गरेकी हुन् । 

इन्डोनेसिया र मंगोलियाबिचको पाँचौँ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट बालीमा खेलिएको थियो । सोही खेलमा रोहमालियाले यस्तो कीर्तिमान बनाएकी हुन् । यो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा रोहमालियाको ‘डेब्यू’ खेल पनि थियो । 

यसअघि सन् २०२१ मा नेदरल्यान्ड्सका तिब्रगतिकी बलर फ्रेडरिक ओभरजिकले फ्रान्सविरुद्धको खेलमा तीन रन खर्चिएर सात विकेट लिएका थिए । आईसीसी टी(२० विश्वकपको युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा ओभरजिकले यस्तो सफलता हात पारेका थिए ।

इन्डोनेसियाकी रोहमालिया टी२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा सात विकेट लिने विश्वकै तेस्रो खेलाडी पनि बनेकी छन् । यसअघि ओभरजिक र अर्जेन्टिनाका एलिसन स्टोक्सले यस्तो उपलब्धि हासिल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप