अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
काठमाडौँ । इन्डोनेसियाकी महिला खेलाडी रोहमालियाले क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् । १७ वर्षीया स्पिनर रोहमालियाले एक प्रतियोगिताका क्रममा एक रन पनि नदिई सात विकेट लिएर विश्व कीर्तिमान बनाएकी हुन् ।
टी–२० अन्तर्राष्ट्रिय पुरुष वा महिला क्रिकेटमा हालसम्म कुनै पनि खेलाडीले यस्तो उपलब्धि हासिल गर्न सकेको छैन । उनले बुधबार खेलिएको मंगलोलियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो उपलब्धि हासिल गरेकी हुन् ।
इन्डोनेसिया र मंगोलियाबिचको पाँचौँ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट बालीमा खेलिएको थियो । सोही खेलमा रोहमालियाले यस्तो कीर्तिमान बनाएकी हुन् । यो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा रोहमालियाको ‘डेब्यू’ खेल पनि थियो ।
यसअघि सन् २०२१ मा नेदरल्यान्ड्सका तिब्रगतिकी बलर फ्रेडरिक ओभरजिकले फ्रान्सविरुद्धको खेलमा तीन रन खर्चिएर सात विकेट लिएका थिए । आईसीसी टी(२० विश्वकपको युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा ओभरजिकले यस्तो सफलता हात पारेका थिए ।
इन्डोनेसियाकी रोहमालिया टी२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा सात विकेट लिने विश्वकै तेस्रो खेलाडी पनि बनेकी छन् । यसअघि ओभरजिक र अर्जेन्टिनाका एलिसन स्टोक्सले यस्तो उपलब्धि हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण