मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने

शुक्रबार, १४ वैशाख २०८१, १७ : ४४
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र (रोष्टर) परिवर्तन गर्न पाउने भएका छन् । 

ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जान नपाएकाहरूले सेक्टर परिवर्तन गर्न पाउने भएका हुन् । त्यसका लागि ईपीएस कोरिया शाखाले नौ हजार ४२८ जनाको सूची सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने दक्षिण कोरियाले मौका दिएको हो ।

एचआरडी सर्भिस अफ कोरियाले २५ अप्रिल २०२४ अप्रिलमा ईपीएस शाखा कार्यालयलाई पत्र पठाउँदै उनीहरूलाई रोष्टर परिवर्तनको मौका दिएको जनाएको हो ।

कोरियन भाषा परीक्षा पास गरेर रोजगार आवेदन फाराम भरी रोष्टरमा रहेकाहरूलाई रोजगारदाताहरूले सर्भिस सेक्टर तर्फ रोष्टर परिवर्तन गर्न सकिने बताएको हो ।

सूचीमा रहेका व्यक्तिले वैशाख १४ गते शुक्रबारदेखि १८ गतेसम्म ईपीएस कोरिया शाखामा दरखास्त दिनुपर्नेछ । त्यसका लागि वेबसाइटमा रहेको नमुना फाराम पिन्ट गरी पूर्ण रूपमा आफ्नो विवरण भरेर फाराममा राहदानी अनुसारको दस्तखत गरी शाखाको इमेलमा पठाउनुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

आवेदन दिनका लागि पूर्ण रूपमा भरेको कार्यक्षेत्र परिवर्तनको फाराम, राहदानी, परीक्षाको प्रवेश पत्र पेस गर्नुपर्नेछ । आफ्नो विवरण भर्दा पुरा र शुद्धसँग भर्नुपर्ने, अपूर्ण र अशुद्ध विवरणको कारण फाराम रद्द भएमा सम्बन्धित निकाय जबाफदेही नहुने जनाइएको छ ।

Service-Sector-मा-रोष्टर-परिवर्तन-सम्वन्धी-सूचना-_page-0001Service-Sector-मा-रोष्टर-परिवर्तन-सम्वन्धी-सूचना-_page-0002

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप