शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली नोट बनाइ कारोबार गर्ने समूहका ४ जना गोंगबुबाट पक्राउ

बिहीबार, २४ पुस २०७६, १८ : ०५
बिहीबार, २४ पुस २०७६

काठमाडौं । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नक्कली नोट देखाई ठगी गरेको अभियोगमा ४ जनालाई काठमाडौं गोंगबुबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका-७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका-१३ बस्ने ३२ वर्षीय बल बहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका-३ घर भई काठमाडौं कपुरधारा बस्ने २४ बर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपटी गाउँपालिका-३ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्र बहादुर लिम्बु रहेका छन् । 

पक्राउ परेकामध्ये बुढाथोकी जाली नोट बजारमा पुर्‍याउने मुख्य व्यक्ति, राना मगर जाली नोट बनाउने मुख्य व्यक्ति, खड्का जाली नोट बनाउने मुख्य डिजाइनर र लिम्बु जाली नोट बजारमा पुर्‍याउन सहयोग गर्ने भूमिकामा रहेको खुल्न आएको छ । 

उनीहरुको साथबाट ‘श्री नेपाल राष्ट्र बैंक’ लेखिएका विभिन्न नम्बर उल्लेख भएका १ हजार रुपैयाँ दरका जम्मा ४ सय १३ थानमा रहेको ४ लाख १३ हजार रुपैयाँ खोटा मुद्रा (नक्कली) तथा १ हजार रुपैयाँ दरको नोटको A4 साईजको पेपरमा ४ वटा अट्ने गरी पछाडीको भागको रंगिन फोटोकपी गरेको पेपर ३५ थान, रंगिन फोटोकपी मेसिन १ थान र  सिपीयू १ थान प्रहरीले बरामद गरेको छ ।  

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको बिषेश सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त मुद्रा र अन्य सामान सहित पक्राउ गरी उनीहरु उपर मुद्रा सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप