थ्रीस्टार तेस्रो स्थानमा उक्लियो
काठमाडौं । उपाधि दावेदार थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गेलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो ।
थ्रीस्टारको जितमा सुशील राईले छैटौं मिनेटमा खाता खोले । सन्जोग राईले पहिलो हापको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल ५० औं मिनेटमा विदेशी खेलाडी वासिउ ओलानडिरान हजमतले गरेका थिए । हिमालयन शेर्पाका लागि स्टेफेन समिरले पहिलो हाफको इन्जुरी समयमै एक गोल फर्काएका थिए ।
थ्रीस्टारका सन्जोग राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले आठ खेलबाट १४ अंक बनाएको छ । सात अंक बनाएको हिमालयन शेर्पा ११ औं स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मीको सात खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि आठ खेलबाट १६ अंक पुगेको छ । सात खेलबाट १३ अंक बनाएको मनाङ चौथो स्थानमा छ ।
मा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी