भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
टक्सार । ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाडौँले फाइनलको यात्रा तय गरेको हो ।
खेलको ३१औँ मिनेटमा सहलेश युवा क्लबका तर्फबाट आशीष चापागाईंले गोल गर्दै टोलीलाई अग्रता दिलाए तर ब्वाइज युनाइटेडका लागि नवीन लामाले ४३औँ मिनेटमा ‘पेनाल्टी’मार्फत गोल गरेपछि पहिलो हाफमा खेल बराबरीमा पुगेको थियो ।
खेलको अतिरिक्त समय ब्वाइज युनाइटेडका लागि अर्मानले गोल गरेपछि टोली फाइनलमा प्रवेश गरेको हो । ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका अवोयोमी भए । उनले रु पाँच हजार र पदक प्राप्त गरे ।
कूल आठ टोलीको सहभागी प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइलनमा भगवती स्पोर्टस क्लब खोटाङलाई ‘पेनाल्टी सुट आउट’मा हराउँदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको थियो ।
उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँ बीचमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः रु पाँच लाख र रु तीन लाख पाउनेछन् । यही वैशाख ९ गतेदेखि सुरु प्रतियोगितामा ‘ए’ डिभिजनका दुई टोली त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन फुटबल क्लब, खोटाङ भगवती स्पोर्ट्स क्लब, सलहेश युवा क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, डाँगिहाट युथ क्लब मोरङ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ गरी आठ टोलीको सहभागिता थियो ।
भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण