कोरोना भाइरसको सन्त्रासः चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग
सोमबार, १३ माघ २०७६, २२ : ४०
काठमाडौं । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग गरेको छ । नाट्टाले आज एक विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको बुहान शहरबाट शुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन नेपालसँग जोडिएका चीनका नाकामा हेल्थ डेक्स स्थापना गर्न माग गरेको हो ।
नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले महामारीको रुप लिइसकेको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नसकोस् भनी उच्च सतर्कता अपनाउनुपर्ने बताए । ‘कोरोना भाइरसबाट बच्न सम्बन्धित निकायले समयमा नै ध्यान पु¥याउनु जरुरी छ’, उनले भने । नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हेल्थ डेक्स स्थापना गर्नुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता