शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘ककटेल पार्टी’ मा मलाइकाको पछि पछि अर्जुन कपूर

बिहीबार, २३ माघ २०७६, १० : ०६
बिहीबार, २३ माघ २०७६

बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जुन कपूरको सम्बन्धको विषयलाई लिएर निकै चर्चा हुन थालेको छ । उमेरको अन्तरले पनि प्रेमसम्बन्धको बारेमा खबर बाहिरिएसँगै उनीहरु चर्चामा थिए । 

यसैबीच, एकपटक फेरि यो जोडी चर्चामा छाएको छ । बोल्ड लुक्सका कारण यो जोडी ‘टक अफ द टाउन’ बनेका छन् । मंगलबार मध्यरातमा अरमान जैन र अनीषा मल्होत्राको विवाहको ककटेल पार्टीमा सहभागी हुन गएको यो जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसैबीच मलाइका अरोडा निकै हट लुक्समा देखिएकी छिन् । उनी रातो सारीमा देखिएकी छिन् । अर्जुन कपूरले हरियो रङको शेरवानी लगाएका छन् । उनी भेन्यूमा पुग्ने वित्तिकै मलाइकालाई पर्खिरहन्छन् र मलाइका भेन्यूमा पुगेपछि दुवैले फोटोशुट गर्दै गराएका छन् ।  

यसका साथै सामाजिक सञ्जालमा अर्को भिडियो भाइरल भएको छ । उक्त भिडियोमा मलाइका व्यवसायी मुकेश अम्बानी र उनकी पत्नी नीता अम्बानीसँग भेटघाट गर्छिन् र अगाडि बढ्छिन् त्यसै समयमा मलाइकाको पछि पछि अर्जुन कपूर छिटो छिटो हिँडेर पछि पछि गएको देखिएको छ । 

 

भाइरल यो जोडीको तस्बिर पनि निकै भाइरल भइरहेको छ । साथमा दुवै निकै सुन्दर देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप