केन्द्रीय संस्करण
समाचार

पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्र लोकतन्त्र ठान्दिनँः प्रधानमन्त्री

person explore access_timeफागुन ३, २०७६ chat_bubble_outline0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको स्वीकार्यतामा कुनै समस्या नभएको बताएका छन् । 

सरकारले २ वर्ष पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बरु संविधानको स्वीकार्यता वर्तमान सरकारले विस्तार गर्ने काम गरेको बताए । 

उनले संविधान नमान्ने सीके राउत समूहलाई कानुनको दायरामा ल्याएको बताउँदै अन्य समूहलाई पनि यही बाटोमा ल्याउन सरकार अग्रसर रहेको बताए । 

आफू नेतृत्वको सरकारले विभिन्न ५५ वटा नयाँ कानुनहरु निर्माण गरेको,  २०१ वटा ऐन संशोधन तथा १३ वटा ऐन खारेज गरेको उल्लेख गर्दै ओलीले सरकार सुखी नेपाली समृद्ध नेपालको अभियानमा अग्रसर रहेको बताए । 

पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै आफूले लोकतन्त्र नठान्ने उल्लेख गर्दै ओलीले भने, ‘पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै म लोकतन्त्र ठान्दिनँ । म त्यस्तो लोकतन्त्रलाई मान्छु जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चितता होस्, बालपनको संरक्षण, युवाअवस्थामा रोजगारी र वृद्धाअवस्थामा  सुरक्षा भएको समाज व्यवस्था होस् । सबै नागरिकलाई समानतासहितको लोकतन्त्र होस् ।’ 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...