राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
काठमाडौँ । नेपाल पुलिस र एपिएफ क्लब सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
चार टोली सहभागी प्रतियोगिताको लिगमा एपिएफ अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुलिसले दुई खेल जित्यो । लिगमा न्यु डायमण्ड तेस्रो र त्रिभुवन आर्मी चौथो स्थानमा रह्यो । अब यी दुईले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल र तेस्रो स्थानको खेल शनिवार नै हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ३–१ र एपिएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ ले हरायो । लिगको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ हराउँदै तीन खेलबाट ६ अंक बटुल्यो ।
पुलिसले आर्मीको चुनौती २५–१९, १७–२५, २५–१५ र २५–१३ ले समाप्त पा¥यो । पहिलो खेलमा एपिएफसँग हार व्यहोरेको पुलिसले दोस्रो खेलमा न्यु डायमण्डलाई हराउँदै फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो । शुक्रवार लिगको तेस्रो खेल पनि जितेपछि पुलिस फाइनलमा पुगेको हो । लिगको अन्तिम खेलमा न्यु डायमण्ड एपिएफसँग ३–२ ले पराजित भएपछि फाइनलमा पुग्न असफल भयो । समान तीन खेलबाट एपिएफले सात अंक बटुल्दा न्यु डायमण्डले चार अंक प्राप्त ग¥यो । यससँगै एपिएफ लिग विजेता र पुलिस उपविजेताका रूपमा फाइनलमा पुगे ।
एपिएफले न्यु डायमण्डलाई २५–१६, २५–१८, १९–२५,१३–२५ र १५–११ ले हराउँदै अपराजित यात्रा कायमै राख्यो । चारै टिमले नगद पुरस्कार पाउने छन् । विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्नेछन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण