भरतमोहन अधिकारीलाई सम्झदै प्रचण्डले भने– आलोचनालाई सुन्ने नेता हुनुहुन्थ्यो
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय भरतमोहन अधिकारी कम्युनिस्ट आन्दोलनको अगुवामात्र नभई नेपालको लोकतान्त्रिक आन्दोलनको कुशल व्यवस्थापक भएको बताएका छन् ।
उनले भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधन गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा भरतमोहन अधिकारीका योगदानबारे चर्चा गरे ।
भरतमोहन अधिकारी अरुका कुरा सुन्न सक्ने, आलोचनाहरुलाई महत्व दिने र मिठो भाषामा टिप्पणी गर्न सक्ने नेताका रुपमा प्रचण्डले स्मरण गरे । ‘सबै मैलेमात्र जानेको छु भन्नेजस्तो नगर्न उहाँले हामीलाई शिक्षित गर्नु भयो,’ उनले भने, ‘धैर्यतापूर्वक जनताका गुनासा सुन्ने, उनीहरुको कुरालाई बुझ्ने संस्कार विकास गर्ने पाठका रुपमा आजको दिनलाई हामीले लिन सक्नु पर्छ ।’
आजको दिनमा भरतमोहन अधिकारीको अभाव खट्किएको प्रचण्डको भनाइ थियो । स्व. अधिकारीले अर्थमन्त्र ीका रुपमा भूमिका खेल्नु अघि नेपाली समाज र राजनीतिक वृत्तमा कम्युनिस्टप्रतिको सोच बेग्लै रहेको पनि प्रचण्डले स्मरण गरे ।
‘कम्युनिस्ट भनेका बुढाबुढीलाई मार्छन् भन्ने भ्रम थियो, पूँजीपतिहरुले यस्तै प्रचार गरेका थिए,’ उनले भने, ‘त्यस्तो अवस्थामा भरतमोहन अधिकारीको एउटै निर्णयले त्यो मिथकलाई ध्वस्त पारिदियो ।’ बरु कम्युनिस्टहरु बुढाबुढीलाई सम्मान गर्ने रहेछ भन्ने सन्देश भरतमोहन अधिकारीले अर्थमन्त्रीका रुपमा प्रवाह गरेको जिकिर पनि अध्यक्ष प्रचण्डले गरे ।
भरतमोहनजस्ता अगुवा नेताका कार्यशैली, समाजलाई उहाँहरुजस्ता व्यक्तिले दिएको योगदानका कारण नै आज कम्युनिस्ट आन्दोलन र आफूहरु यो अवस्थासम्म आइपुगेको प्रचण्डले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न