सलमान खानका ‘फलोअर्स’ ३ करोड
एजेन्सी : बलिउड सुपरस्टार सलमान खानको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३ करोड (३० मिलियन) फलोअर्स पुगेका छन् ।
उनलाई मन पराउनेको संख्या ३० मिलियन पुगेपछि उनले सामाजिक सञ्जालमा धन्यवाद दिँदै फलोअर्सका लागि एउटा भिडियो बनाएर सेयर गरेका छन् ।
सलमानले आफ्नो इन्स्टाग्राममा बुम्रयाङ भिडियो सेयर गर्दै लेखेका छन्, ‘उई मा ३ करोड ! सबैलाई धन्यवाद ! ’
सलमान खानको यो डाइलग उनको फिल्म ‘अन्दाज अपना अपना’ को हो । उनले अमिर खान, करिश्मा कपूर र रवीना टन्डनसँग यो फिल्ममा मुख्य भूमिका निभाएका छन् ।
उनले शेयर गरेको भिडियोमा एक प्रशंसकले लेखेका छन्, ‘लभ यु सलमान’, अर्का प्रशंसकले लेखेका छन्, ‘ओहो स्वाग’ र अर्का एक जनाले लेखेका छन्, ‘म तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ सर ।’
सुपरस्टार खान यतिबेला ‘राधेः युअर मोस्ट वान्टेड भाइ’ को शुटिङमा व्यस्त छन् । यो फिल्मको शुटिङ यही मार्च १० मा सकिने स्रोतले बताएको छ । यसमा सलमान खान र दिशा पटानी मुख्य भूमिकामा हरेका छन् । फिल्म मे २२ मा रिलीज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू