बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस आफैंले भन्दा पनि यसप्रतिको बढाइचढाइ सन्त्रासले झनै ठूलो क्षति गर्ने खतरा

संक्रमण रोग विज्ञ भन्छन्ः म मानिसले गुमाइरहेको तार्किकता र समाजको ठूलो हिस्सामा रोपिएको ‘सम्मोहित जस्तै लाग्ने डरको चक्र’बाट डराएको छु
मङ्गलबार, २७ फागुन २०७६, १८ : २४
मङ्गलबार, २७ फागुन २०७६

 

एजेन्सी । एक जना संक्रमण रोग विज्ञले कोरोनाभाइरसको संक्रमण फैलिएको बारे आम मानिसहरुले चाहिँदोभन्दा बढी बढाइचढाइ गर्दै देखाएको प्रतिक्रियाले रोग आफैंले भन्दा बढी क्षति गर्न सक्ने भनी दिएको चेतावनीसहितको पोष्ट यतिखेर भाइरल भइरहेको छ ।

क्यानडास्थित युनिभर्सिटी अफ टोरन्टोका चिकित्सक तथा संक्रामक रोग विज्ञ अब्दू शरकवीले गत शुक्रबार साँझ कोरोनाभाइरस संक्रमण वास्तवमै खतरनाक रहेको तर रोगका नियन्त्रणका लागि अपनाइएको आआफ्नै चासोअनुसार  तरिकाहरु गलत साबित हुँदै गएकोभनी आफ्नो पोष्टमा लेखेका थिए ।

उनको पोष्ट केही समयमै ३ लाख १० हजार पटक शेयर भइसकेको थियो । आफ्नो पोष्टमा उनले संसारभरि कोरोनाभाइरसको संक्रमण बृद्धि हुँदै जाँदा मानिसहरुमा देखिएको सम्मोहित जस्तै लाग्ने डरको चक्रमाथि प्रहार गरिएको छ ।

म कोभिड१९ सँग डराएको छैनशरकवीले कोरोनाभाइरसको कारण हुने रोगको वैज्ञानिक नाम प्रयोग गर्दै लेखेका छन् । उनले अगाडि लेखेका छन्: म मानिसले गुमाइरहेको तार्किकता र सम्मोहित जस्तै लाग्ने डरको चक्रबाट समाजकोृ ठूलो हिस्सामा रोपिएको डरको लहरबाट डराएको छु, जसका कारण मानिसहरु एउटा विश्वव्यापी महाविनाशको बेलामा जस्तै उपभोग्य सामाग्रीको संकलन गर्न थालेका छन्, जसले एउटा बम सेल्टरलाई पर्याप्त मात्रामा भर्न सक्छ  ।


‘म कोभिड–१९ सँग डराएको छैन’ शरकवीले कोरोनाभाइरसको कारण हुने रोगको वैज्ञानिक नाम प्रयोग गर्दै लेखेका छन् । उनले अगाडि लेखेका छन्: ‘म मानिसले गुमाइरहेको तार्किकता र ‘सम्मोहित जस्तै लाग्ने डरको चक्र’बाट समाजकोृ ठूलो हिस्सामा रोपिएको डरको लहरबाट डराएको छु, जसका कारण मानिसहरु एउटा विश्वव्यापी महाविनाशको बेलामा जस्तै उपभोग्य सामाग्रीको संकलन गर्न थालेका छन्, जसले एउटा बम सेल्टरलाई पर्याप्त मात्रामा भर्न सक्छ  ।’


म अस्पताल तथा अति जरुरी हेरचाह गरिने क्लिनिकहरुबाट एन९५ मास्कहरु  चोरिएको कुराबाट डराएको छु । अस्पतालमा उपचारको पहिलो पंक्तिमा रहेकाहरुको लागि आवश्यक ती मास्कहरु अहिले ती त विमानस्थल, मल र कफी लन्जमा पुर्‍याइन थालिएको छ, जसले गर्दा झन बढी डरलाई बढावा दिइरहेको छ र अरुहरुलाई शंकालु पनि बनाइरहेको छ  ।

कोरोनाभाइरसको सन्त्रासमाझ पछिल्लो समय पश्चिमा मुलुक तथा अष्ट्रेलियामा ट्वाइलेट पेपर र स्यानिटाइजरजस्ता अत्यावश्यक सामाग्री अभावका समाचार आउन थालेको घटनातर्फ पनि उनले इंगित गरेका छन् ।

अष्ट्रेलियाको सिड्नीको पसलमा ट्वाइलेट पेपरका लागि लडिरहेका ग्राहक भिडियो सार्वजनिक भएपछि शनिबार अष्ट्रेलिया प्रहरीले सर्वसाधरणलाई स्थिति त्यस्तो खत्तम भइनसकेको कुरा सम्झाउनु पर्यो । उसले सर्वसधारणलाई परिस्थिति प्रलयको जस्तोनरहेको समेत सम्झाउनु परेको थियो ।

शुक्रबार, न्युयोर्कका गभर्नर एण्ड्रू कुओमोले मानिसहरुले स्थानीय अस्पतालबाट सर्जिकल मास्कको लुटिरहेको उल्लेख गर्दै प्रहरीलाई घटनाको अनुसन्धान गर्न भनेका थिए ।

शरकवीले व्यक्तिको सन्त्रासका अतिरिक्त सरकारको कदमले पनि असर गर्ने चेतावनी दिएका छन् । कोरोनाभाइरस विस्तार कम गर्न भन्दै सरकारले यात्रा र व्यापारमा जुन नियन्त्रण गरेको छ, त्यसले मानिसहरुको जीवन र आर्थिक बृद्धिलाई तहसनहस पार्ने पनि उनले चेतावनी दिएका छन्  ।

शरकवीका विचारमा कोरोनाभाइरसले इम्युन सिस्टम कमजोर रहेको बुढापाकाहरुलाई बढी असर गर्ने बताएका छन् । उनले भनेको छन्, ‘वास्तवमा भाइरस आफैले त्यस्तो ठूुलो असर गर्ने देखिँदैन ।उनी अगाडि भन्छन्, ‘तर अरु सबै छोडेर आफ्नो लागि लड्नेमानिसहरुको व्यवहार र प्रवृत्ति विध्वंशकारी हुन सक्छ ।

स्रोत: साइन्स एलर्ट

Title Photo: https://www.sciencealert.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप