एकसाथ दुई आन्दोलनमा आजपा
काठमाडौँ । आम जनता पार्टी (आजपा) एकसाथ दुई आन्दोलनमा होमिएको छ । आजपाले भन्सार पुरस्कारको विरुद्धका साथै समावेशी शिक्षक दरबन्दीको माग गर्दै एकसाथ दुई आन्दोलन गरेको हो ।
वैशाख २० देखि भन्सार पुरस्कारको प्रावधान हटाउनुपर्ने मागमा रहेको आजपाले चौथो चरणको आन्दोलन अन्तरगत भन्सार विभाग घेराउ गर्दै आएको छ ।
जसअनुसार वर्षाका बिच मङ्गलवार पनि त्रिपुरेश्वरस्थित विभाग घेराउ गरिएको अध्यक्ष प्रभु साहले बताए । भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान विरुद्ध आजपाले आन्दोलन गरिरहेको भन्दै यो व्यवस्था खारेज हुनुपर्ने उनले माग गरे । आन्दोलन आम सम्पर्क समितिको अगुवाइमा हुँदै आएको छ ।

यस्तै तराई मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न पार्टीले आम विद्यार्थी मोर्चाको अगुवाइमा मधेसका जिल्लाहरूमा प्रदर्शनसहित दबाब दिँदै आएको छ ।
सोहीअनुसार मङ्गलवार धनुषामा विद्यार्थी र अभिभावकहरुले सडकमा प्रदर्शनसहित ज्ञापन पत्र बुझाएका छन् । धनुषा जिल्लामा १ लाख ८३ हजार विद्यार्थी सङ्ख्या रहेकोमा त्यहाँ मौजुदा शिक्षक जम्मा २ हजार ५ सय मात्र रहेको आजपाको भनाइ छ । जबकि ५० विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी ३६७१ हुनुपर्ने भए पनि शिक्षक दरबन्दी ११५० अपुग छ । आजपाले रौतहटसहितका जिल्लामा पनि शिक्षक दरबन्दीको माग गर्दै दैनिक दबाबस्वरुप प्रदर्शन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण