आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एकसाथ दुई आन्दोलनमा आजपा

मङ्गलबार, २५ वैशाख २०८१, २२ : १४
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) एकसाथ दुई आन्दोलनमा होमिएको छ । आजपाले भन्सार पुरस्कारको विरुद्धका साथै समावेशी शिक्षक दरबन्दीको माग गर्दै एकसाथ दुई आन्दोलन गरेको हो । 

वैशाख २० देखि भन्सार पुरस्कारको प्रावधान हटाउनुपर्ने मागमा रहेको आजपाले चौथो चरणको आन्दोलन अन्तरगत भन्सार विभाग घेराउ गर्दै आएको छ । 

जसअनुसार वर्षाका बिच मङ्गलवार पनि त्रिपुरेश्वरस्थित विभाग घेराउ गरिएको अध्यक्ष प्रभु साहले बताए ।  भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान विरुद्ध आजपाले आन्दोलन गरिरहेको भन्दै यो व्यवस्था खारेज हुनुपर्ने उनले माग गरे । आन्दोलन आम सम्पर्क समितिको अगुवाइमा हुँदै आएको छ । 

eb15d50f-58b1-450c-a98a-0616554eb6c2

यस्तै तराई मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न पार्टीले आम विद्यार्थी मोर्चाको अगुवाइमा मधेसका जिल्लाहरूमा प्रदर्शनसहित दबाब दिँदै आएको छ । 

 सोहीअनुसार मङ्गलवार धनुषामा विद्यार्थी र अभिभावकहरुले सडकमा प्रदर्शनसहित ज्ञापन पत्र बुझाएका छन् । धनुषा जिल्लामा १ लाख ८३ हजार विद्यार्थी सङ्ख्या रहेकोमा त्यहाँ मौजुदा शिक्षक जम्मा २ हजार ५ सय मात्र रहेको आजपाको भनाइ छ । जबकि ५० विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी ३६७१ हुनुपर्ने भए पनि शिक्षक दरबन्दी ११५० अपुग छ । आजपाले रौतहटसहितका जिल्लामा पनि शिक्षक दरबन्दीको माग गर्दै दैनिक दबाबस्वरुप प्रदर्शन गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप