केन्द्रीय संस्करण
समाचार

चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गर्ने सरकारको निर्णय

person explore access_timeचैत ५, २०७६ chat_bubble_outline0

काठमाडौं । सरकारले  विश्‍वविद्यालयमा चैत महिनामा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको  जानकारी दिएका हुन् । 

सचिवालय बैठकमा समन्वय समतिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलले समन्वय समितिले गरेका निर्णय र अहिलेको अवस्थाका विषयमा ब्रिफिङ गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला परीक्षा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको मन्त्री पोखरेलले बताए । उनले सीटीईभीटीको पनि परीक्षा स्थगित गरिएको उनले बताए । एउटा परिक्षाका लागि जोखिम नमोलौ भनेर सबै परीक्षा स्थगित गर्ने निर्णयमा पुगेको मन्त्री पोखरेलको भनाइ छ । 

उनले भने, ‘यो निर्णयले परीक्षाको तयारी गरेर बसेका विद्यार्थी र अभिभावकलाई केही अप्ठ्यारो परेको छ । तर यो विपतको बेलामा कुनै पनि बेला यस्तो निर्णय हुनसक्छ भनेर भन्दै आएका थियौँ ।’ तर  उनले विद्यार्थीले पढाइ जारी राख्न आग्रह गरे ।

सरकारले बिहीबारदेखि हुन लागेको एसईई परीक्षा पनि स्थगित गर्ने निर्णय गरिसकेको छ । यसअघि बुधबारै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालय, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.