शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता एवं डाक्टरको ३६ वर्षको उमेरमा निधन

शुक्रबार, १४ चैत २०७६, १० : १४
शुक्रबार, १४ चैत २०७६

तिमल अभिनेता तथा छाला विशेषज्ञ सेथुरमनको बिहिबार राती चेन्नईमा निधन भएको छ । ३६ वर्षका सेथुरमनको निधन कार्डियक अरेस्टका कारण भएको छ । सेथुरमनको निधनबाट उनका परिवारमात्रै नभई उनका प्रशंसकलगायत फिल्मी उद्योग शोकमग्न छन् ।

सेथुरमन सन् २०१३ मा रिलिज भएको रोमान्टिक कमेडी फिल्म ‘कन्ना लड्डु थिना आना’ का लागि परिचित छन् ।

उनको मृत्युको खबर सोसल मिडियामा सार्वजनिक भएको हो ।

भारतीय मिडियामा सार्वजनिक भएका खबर अनुसार अभिनेतालाई बिहिबार राती ८ बजेर ४५ मिनेटमा कार्डियक अरेस्ट भएको हो । अभिनेता सेथुरमन विवाहित थिए र उनका बालबच्चा पनि छन् ।

साउथ फिल्मका अभिनेता सतिशले ट्वीटरमार्फत् यसबारे जानकारी दिए । उनले लेखेका छन्, ‘अभिनेता सेथुरमनको मृत्युको खबर सुनेर दुःख लाग्यो । उनको केही समय अघि मात्रै कार्डियक अरेस्टका कारण मृत्यु भएको हो ।’

उनले अभिनेताका परिवारप्रति समवेदना पनि व्यक्त गरे ।

तमिल अभिनेता सेथुरमनले हालै कोभिड–१९ को प्रकोपबारे पनि कुरा गर्दै एउटा भिडियो सार्वजनिक गरेका थिए । ‘कन्ना लड्डु थिन्ना आना’ को सफलतापछि सेतुरामनले अन्य तीन फिल्ममा अभिनय गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप