शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा स्थिति भयावह बन्दै, एकैदिन २० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको पुष्टि

शुक्रबार, २१ चैत २०७६, २३ : ५२
शुक्रबार, २१ चैत २०७६

एजेन्सी । अमेरिकामा एकैदिन २० हजार ६ सय २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार प्रकाशित तथ्याँकअनुसार अमेरिकामा योसहित संक्रमित हुनेहरुको संख्या अन्य देशहरुको तुलनामा अहिलेसम्मकै बढी २ लाख ६५ हजार ५ सय ६ जना पुगेको छ । त्यस्तै शुक्रबार मात्र अमेरिकामा ७ सय १६ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसहित उक्त देशमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६ हजार ७ सय ८६ जना पुगेको छ । अमेरिकाको संक्रमित संख्याको तिव्रता देख्दा स्थिति भयावह हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

त्यस्तै, इटालीमा एकैदिन ७ सय ६६ जनाको मृत्यु भएको छ भने नयाँ संक्रमितहरुको संख्या ४ हजार ५ सय ८५ थपिएको छ । योसहित उक्त देशमा मर्नेको संख्या १४ हजार ६ सय ८१ पुगेको छ भने कूल संक्रमितहरुको संख्या १ लाख १९ हजार ८ सय २७ पुगेको छ । त्यस्तै स्पेनमा एकैदिन ५ सय ८७ जनाको मृत्यु भएको छ भने एकैदिन ५ हजार ६ सय ४५ जना संक्रमित थपिएका छन् ।

उता,बेलायतमा पनि एकैदिन ६ सय ८४ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या ५६ हजार ९ सय ८९ पुगेको छ भने संक्रमित हुनेहरुको कूल संख्या १० लाख ७४ हजार २ सय ९० पुगेको छ । शुक्रबारसम्म विश्वभर जम्मा ५९ हजार २ सय २५ जना नयाँ संक्रमितहरुको पुष्टि भएको छ भने एकैदिन ३८ सय २२ जनाको मृत्यु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप