फ्रान्स : कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५०० नाघ्यो
शनिबार, २२ चैत २०७६, ०९ : ३२
युरोपियन मुलुक फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार ५०७ जना पुगेको छ ।
शनिबार बिहानसम्म फ्रान्समा ६४ हजार ३३८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा मात्रै फा्रन्समा १ हजार १२० जनाको मृत्यु भएको छ । अहिलेसम्म फा्रन्समा कोरोना संक्रमतिमध्ये १४ हजार ८ जना निको भएका छन् ।