लकडाउनमा प्रेम साट्दै सौगात र सृष्टि
काठमाडौं । वर्षभरि नै एक्सनकटमा ब्यस्त हुने कलाकार लकडाउनका कारण घरको चार कुनामा खुम्चिएर बस्न बाध्य छन् । यस्तैमा प्रेम जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ पनि यो लकडाउन घरमै सिमित छन् । उनीहरुले बेलाबेलामा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भिडियो तथा तस्बिरबाट पनि सो अनुमान लगाउन सकिन्छ । भिडियोमा उनीहरुले कोरोनाबाट बच्न बिषेश सावधानी अपनाउन र घरमा बसेर सुरक्षित आग्रह समेत गरेका छन् ।
आगामी बर्ष बिवाह गर्ने योजना बनाएका सौगात र सृष्टि लकडाउनको समय पनि एकसाथ छन् । उनीहरु अहिले एउटै घरमा बसेर एक अर्काेसँग प्रेम साटिरहेका छन् । तस्बिरमा अभिनेता सौगातले सृष्टिको गालामा किस गरेका छन् । उक्त तस्बिर सार्वजनिक गर्दै सृष्टिले लेखेकी छन् ‘लभ लकडाउन’ ।
बिगत केही बर्षदेखि प्रेममा रहेका यो जोडीले केही फिल्म एकसाथ अभिनय गरेका छन् । लकडाउन अगाडि पनि यी दुबैले ‘माइकल अधिकारी’को छायाँकन सकाएका थिए । केही समयपछि छायाँकन सुरु हुने मदुसुधन भट्टराईको निर्देशन रहने फिल्म ‘सँगसँसै’मा पनि यी दुबै अनुबन्धित भएका छन् ।