शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मस्जिदमा भीड नगर्न अनुरोध गर्न गएका असईमाथि हातपात, तीनजना पक्राउ

शुक्रबार, २८ चैत २०७६, १० : ४५
शुक्रबार, २८ चैत २०७६

रौतहट । रौतहटस्थित एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असईमाथि हातपात भएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहीवार साँझ रौतहटको परोहा नगरपालिकाअन्तरगत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको हो ।

तेजापाकड स्थित मस्दिजमा एकैठाँउमा सैयौँको संख्यामा मुस्लिमहरु जम्मा भएर नमाज पढिरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि मुस्लिम युवाहरुले हात पात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस को संक्रमण नियन्त्रण गर्न सरकारले अगामी वैशाख ३ गते सम्मको लागि लकडाउनको घोषणा गरेको छ । तर यसै अवधिमा गत राति ७ बजे मुस्लिम धर्मावलम्बीहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकैठाँउमा दुुईसय बढी भेला भएका थिए ।

विशेष सूचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न एकठाँउमा ठूलो संख्यामा मानिस जम्मा नहुन आग्रह गएका थिए । असई सिंहले लकडाउन उल्लंघन नगर्न भीडले कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथि हातपात गरेका थिए ।

घटनालगतै जिल्ला प्रहरी कार्यालय गौर, आसपासबाट नेपाल प्रहरी सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालनपछि तेजापाकडको अवस्था साम्य भएको प्रहरीले जानकारी दिएको छ ।

असई सिंहमाथि हातपात गरेको अभियोगमा मस्जिद बाट प्रहरीले  ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा–३ २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारी रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताएका छन् ।

पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको प्रकृयाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

लकडाउन सुुरु भए यता भारत लगायत बिभिन्न स्थानको जमा बाट फर्किएका दर्जनौ मौलवी मौलानाहरु तराईका क्वारेन्टाइनहरुमा राखिएका छन ।

केहीसमय अघि एकधार्मिक कार्यक्रममा नेपाल आएका नौजना पाकीस्तानी नागरिक पनि रौतहट प्रहरीको निगरानीमा छन् ।

उनीहरुलाई कोरोनाभाइरस भए नभएको जाँचका लागी एक मस्जिदमा कवारेन्टाईनमा सरह राखिएको रौतहटका प्रजिअ बाशुदेव घिमिरेले जानकारी दिए ।

भारतको नयाँ दिल्लीबाट फर्किएका नेपाली जमातीहरुलाई पनि विभिन्न जिल्लाको क्वारेन्टाईनमा राखिएका छन् । तर केही मानिस अहिलेसम्म सम्पर्कमा आउन नसकेको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप