शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्ष, सङ्कट र कार्यभार

मङ्गलबार, ०२ वैशाख २०७७, १३ : १०
मङ्गलबार, ०२ वैशाख २०७७

पृष्ठभूमि

नेपाली पात्रो अनुुसार नयाँ वर्ष सुरुभए सँगै विश्व मानव जाति सँगसँगै नेपाली जातिले पनि एउटा कहाली लाग्दो र त्रासदीपूर्ण चुुनौतीलाई २०७६ को नासो सम्झेर सम्हाल्नुपर्ने भएको  छ । पात्रोमा एउटा साल फेरिनु त सजिलै भयो तर २०७६ ले छोडेको नासो रूपी सङ्कट समधान गर्न भने विश्व मानव समुदायलाई पहाड पन्छाए भन्दा कठिन हुने देखिन्छ । यो कठिन कार्यको सम्पन्नतासँगै नयाँ युुगको ढोका खुल्ने सम्भावना पनि छ । नयाँ वर्ष २०७७ को सन्दर्भमा कोरोना महामारी विरुद्धको सङ्घर्षमा मानव जातिले विजय हासिल गर्न सकोस्, नयाँ युुगको बिहानी झुल्किन सकोस् भन्ने शुुभकामना दिनुुपर्ने भएको छ ।

कोरोना सङ्कट र विश्व युुद्धको चर्चा 
आजको दिनमा मानव जातिले सबैभन्दा बढी उच्चारण गरिरहेको शब्द हो–कोरोना । भय, आतंक, संत्रास, ध्वंश र विघटनको प्रयाय जस्तै बनेको कोरोना भाइरसले जिउँदो शक्तिशाली ‘भूत’ बनेर मानव सभ्यता माथि ठाडो चुनौती खडा गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका प्रमुखले अहिलेको महामारीलाई ‘दास्रो विश्वयुद्ध पछिकै सबैभन्दा खराब सङ्कट’ भनी घोषणा गरेका छन् । कोरोना महामारीलाई किन तेस्रो विश्वयुद्धका रूपमा चर्चा गर्न खोजिन्छ ? के यो तेस्रो विश्वयुद्धकै रूपको जैविक युद्ध त होइन ? यदि त्यसो होइन भने विश्व शक्ति मुलुक अमेरिका र चीनबीच साझा समझदारी बनाएर संयुक्त रूपमा कोरोना विरुद्ध लाग्नुको साटो अमेरिकाले एकोहोरो चाइनालाई दोषारोपण गरिरहनुको रहस्य के हो ? यी  अनुत्तरित  प्रश्नहरुको जवाफ भोलिका दिनमा पाइएला नै । तर आजको सङ्कट, महासङ्कट हो । यसलाई विश्व मानव समाजले संयुक्त रूपमा मुकाविला गर्नु र विजय हासिल गर्नै पर्छ । 

यो सङ्कटबाट अहिलेको भूमण्डलीकृत चरित्रको विश्वका सबैजसो मानव समुदाय प्रत्यक्ष रूपमा प्रभावित छन् । प्रथम विश्वयुद्धमा पृथ्वीका करिब ९३ प्रतिशत जनता सहभागी र प्रभावित थिए भने दोस्रो विश्वयुद्धमा पृथ्वीका जनसङ्ख्याको तीन प्रतिशको हत्या नै भएको थियो र करोडौँ मान्छे घाइते भएका थिए भने खर्बौंको सम्पत्ति क्षति भएको थियो । 

युुद्ध र पुँजीवाद 
विश्वयुद्धहरु तत्कालीन बैँशले मातेका पुँजीवादी मुलुकहरुबीचको स्वार्थ सङ्घर्ष वा आपसी टकरावका हिंसात्मक अभिव्यक्तिहरु थिए ती । प्रथम विश्वयुद्धलाई सुरु गर्दा प्रथम भनेर सुरु भएको थिएन बरु दोस्रो विश्वयुद्ध भएपछि त्यसलाई प्रथम भनिएको हो । एकै दिन ७५ हजारसम्म मान्छेको हत्या भएको सो युद्धलाई सबैखाले युद्धको अन्त्य गर्ने ‘द ग्रेट वार’ पनि भनिन्थ्यो । युद्ध सुरु हुनुका धेरै कारणहरु मध्येको एक कारण सर्वियालाई सुुँगुर निर्यात गर्न प्रतिवन्ध लगाउने अष्ट्रिया–हँगेरीको निर्णय पनि मानिएकोले ‘सुुँगुुर युद्ध’ पनि भनिन्थ्यो । जे होस पृथ्वीमा मानवद्वारा सिर्जित कहाली लाग्दा दुुई परिघट्नाहरु थिए ती । पुँजीवाद असमान ढङ्गले विकसित हुुँदै जाँदा प्राकृतिक स्रोत, साधान र सम्पत्तिलाई कब्जा गर्ने सोच र प्रवृत्ति बीचको अन्तरविरोधको अभिव्यक्तिका रूपहरु थिए ती ।

पुँजीवादी चरित्र र यसका सीमाहरु
पुँजीले मानिसलाई उपभोक्ता मात्र देख्छ र धर्तीलाई माता होइन बरु कच्चा पदार्थ बनाउँछ । नाफा नै पुँजीको उद्देश्य भएकाले विकासका नाममा प्रकृति र पर्यावरण नष्ट गरिदिन्छ र मानव जातिका प्रकृतिमैत्री, वातवरणमैत्री सभ्यता, संस्कृति, संरचनालाई नष्ट गरी आधुनिकताको नाममा नयाँ संरचनाहरु खडा गरिदिन्छ ।

यतिखेरको विश्वमा मानवहित सँगसँगै सम्पूर्ण जीवजन्तुहरुको जीवनलाई नै सङ्कटतिर धकेलि एरहेको छ । पुँजीवादले प्राप्त गरेका पुुराना सफलताको प्रतिफल स्वरूप नै अहिलेका यी संरचनागत सत्ता र त्यसद्वारा सिर्जित कमजोरी देखिएका हुुन् । आज आर्थिक सङ्कट र राजनीतिक अस्थिरतालाई बढाउँदै लगेको छ । पर्यावरणीय विनासका खतराहरु बढेर गएका छन् । भूूगोलका लागि साम्राज्यवादी टकराव र स्रोतका लागि सङ्घर्ष बढ्ने खतरा देखिएको छ । त्यस्तै प्राकृतिक विपद् र महामारीको सिर्जना बढ्दै जाने स्थितिको अनुुमान गर्न सकिन्छ । यी परिदृश्यबाट हेर्दाखेरि पुँजीवादले मानवजाति र स्वयम आफ्नै लागि डरलाग्दो असफलता निम्त्याउँदैछ । यसका विरुद्धकसरी प्रस्तुत हुने भन्ने अहिलेको मानवसामु र समाजवादी आन्दोलनसामु उभिएको प्रश्न हो ।

 विश्व अर्थतन्त्रले जसरी सन् १९३० र सन् २००८ को अकल्पनीय आर्थिक सङ्कट व्यहोर्नु प¥यो आज अर्को नयाँ सङ्कटको सङ्घारमा उभिएको महसुस हुन थालेको छ । यसले विद्यमान उत्पादक शक्ति र उत्पादन सम्बन्धको स्थितिलाई निश्चय नै प्रभाव पार्ने देखिन्छ । यस्ता खाले नयाँ सङ्कट र विपत्तिको गर्र्भबाट क्रान्ति जन्मिने गरेको पाइन्छ ।

सामाजिक क्रान्ति भनेको विद्यमान उत्पादन सम्बन्ध र उत्पादक शक्ति बीचको अन्तरविरोधलाई हल गर्ने प्रक्रिया हो । अर्थात आर्थिक आधार र राजनीतिक उपरिसंरचना बीचको अन्तरविरोधलाई अग्रामी ढङ्गले हल गर्ने प्रक्रिया वा विधि नै क्रान्ति हो । तर यो कुरामा हामी स्पष्ट हुन जरुरी छ कि, क्रान्ति भनेको एउटा परिघट्ना नभएर समग्र परिघट्नाहरुको शृङ्खलाबाट बनेको एकीकृत प्रक्रिया हो । तथापि क्रान्तिको त्यो प्रक्रिया केही विशिष्ट परिघटनाको माध्यमवाट नै मूर्तरूपमा मुखरित हुने गरेका छन् । अहिलेको सङ्कटपूर्ण परिघटनाबाट समाज विकासको प्रक्रियालाई पछि धकेल्ने छुट तत्कालीन मानव समाजलाई छैन । बरु सचेतनपूर्वक अग्रगामी क्रान्तिको प्रक्रियमा लैजानुु कर्तव्य र दायित्व दुवै हुन जान्छ । इतिहासमा यस्तै कष्टकर सङ्कटका बीचबाट नै क्रािन्तका ढोका खुुल्ने गरेका छन् । 

विश्व युुद्ध र समाजवादी क्रान्ति 
प्रथम विश्वयुद्धको आँधीका बीचबाट नै लेनिनको नेतृत्वमा सोभियत समाजवादी सत्ता स्थापित भएको हो । त्यही सोभियतक सङ्घको समाजवादी बाछिटा संसारभरका श्रमजीवी मानव समुदायका लागि सङ्गठित हुने र सङ्घर्षमा होमिने प्रेरणापुञ्ज जस्तै बन्यो । त्यसपछि नै संसारभरमा कम्युनिस्ट पार्टी स्थापना भए र मानव जावजातिको मुक्तिको सिद्धान्त–‘मार्क्सवाद’ विश्वभर फैलिएर गयो । तर सोभियत क्रान्तिपछि मात्र समाजवाद जन्मएको चाहिँ होइन नै बरु मार्क्सवादका अनुसार त्योभन्दा पहिले नै पुँजीवादसँग प्रतिकार गर्ने माध्यमको रूपमा समाजवादको विकास हुँदै आएको हो । ठोस रूपमा भन्नुपर्दा पुँजीवाद सँगसँगै त्यसको विकल्पको रूपमा समाजवाद जन्म भयो र हुर्कंदै गइरहेको हो । सोभियत क्रान्तिको धक्काले समाजवादी क्रान्तिको निरन्तर प्रक्रियामा क्रमभङ्ग गरी निष्कर्षमा प¥याउन सहयोग गरेको हो । 

विश्वभर विकसित हुँदै गइरहेको समाजवादी विकास अभियानकै बीचमा परिघटित दोस्रो विश्वयुद्ध पछि क. माओको नृत्वमा चिनियाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्यसले त झन् सर्वहारावादी क्रान्तिको विश्व लहर नै सिर्जना गरिदियो । पूर्वी युरोपका विभिन्न मुलुकहरु भियतनाम, कोरियामा पनि क्रान्ति सम्पन्न भएर भारत लगायत एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विभिन्न मुलुकहरुले उपनिवेश विरोधी स्वतन्त्रता सङ्ग्राममा ठूलो सफलता प्राप्त गरे । यसरी राष्ट्रियता, स्वतन्त्रता, स्वाधीनता र समाजवाद प्राप्तिका आन्दोलनहरु एकीकृत ढङ्गले संसारभर नै अघि बढ्यो । सोही प्रक्रियाकै बीचमा अप्रिल २२ सन् १९४९ मा नेपालमा पनि कम्युस्टि पार्टीको स्थापना भएको हो । 
आजको पुँजीवादी सङ्कट र समाजवादी युुग 
मार्क्स भन्नु हुन्छ, ‘इतिहास कहिल्यै पनि दोहोरिँदैन । त्यसैले नै इतिहास हामीभन्दा बढी सिर्जनशील छ ।’ त्यसैले सङ्कट र क्रान्तिका प्रक्रियाहरु पनि एउटै रूपमा दोहोरिँदैनन् बरु समयको विशिष्टता अनुसार फरक–फरक हुने गर्दछन् । आजको पुँजीवादको अणुु÷परमाणु बम भन्दा प्रकृतिको सामान्य किटाणुु नै शक्तिशाली भएको बेला मानवले मानव माथि गर्ने शोषण र प्रकृतिको अत्याचार, दुवैसँग एकैचोटि विजय हाँसिल गर्नुु हामी अजका सचेत मानवको चुुनौती र आवश्यकता दुवै हुन गएको छ । 

विभेदकारी पुँजीको विकल्पमा समाजवादको प्रयोग र विकास गर्दै आएको बोलिभियाको लामो समय नेतृत्व गरेका पूर्वराष्ट्रपति इभो मोरालेसले भनेको छन्, ‘चरम वर्ग विभाजन, शोषण र असामानता त छँदैछन् त्यसमा पनि अन्य जटिल पुँजीका समस्याहरु बढेका छन् पुँजीवादी प्रतिस्पर्धा तथा प्रकृतिक पदार्थको व्यापक उपभोग त्यागेर मानवजाति ऐक्यबद्धता, समपूरकता तथा प्रकृतिसँग सहिष्णुताको सिद्धान्त अङ्गीकार गरेर पृथ्वीलाई जोगाउन सक्षम छ ।’ मानव जातिको आत्मसम्मान, सभ्यता र संस्कृतिको जगेर्नासँगै प्रकृति र पृथ्वीको रक्षाका लागि पनि समाजवादी विकल्प रोज्नुपर्ने अवस्था आएको छ ।

व्यवस्थाको विकल्प खोज्ने भनेको विद्यमान व्यवस्थाका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवं वातावरणीय संरचनागत प्रणाली कमजोर बनेको र वस्तुुगत परिवेशले प्रगतिशील विकल्पको माग गरेको सन्धर्वमा मानवीय सचेतन प्रयत्नद्वारा अभिव्यक्त हुुनेहुुन् । जस्तैः समाज विकासका अन्य चरण र व्यवस्थाभन्दा पुँजीवाद प्रगतिशील भएकै कारण मानव समुदायले स्वीकार गरेको थियो । जङ्गली युुगको उत्तराद्र्धमा युद्धमा हारेकालाई हत्या गर्नुुभन्दा बाँच्न दिने, श्रममा लगाउने र उत्पादन बढाउने प्रगतिशील सोचका कारण दास प्रथा संस्थागत भएको थियो । त्यस्तै अरूको दासी बन्नुभन्दा आफ्नै उत्पादन बढाउने र परिश्रम गर्ने प्रगतिशील मनोविज्ञानको कारण सामान्तवादी युुग संस्थागत भएको हो । यही क्रममा वस्तु विनिमयको साधनको रूपमा मुद्राको प्रयोग र बजारको बजार व्यवस्थाको अभ्यास भएसँगै त्यसको व्यावहारिक, वैज्ञानिक र प्रगतिशील विकासको क्रममा पुँजीवाद संस्थागत भएको हो । तर यतिखेरको कोरोना महामारीले सिर्जित मानवीय सङ्कटसँगै पुँजीवादी व्यवस्थाको सङ्कट पनि उजागरित भइरहेको छ । मार्क्सवादी मान्यता अनुुरूपको राज्यविहीन, वर्गविहीन, सिमानारहित, साझा स्वार्थ र साझा धर्म अवलम्बन गर्ने सभ्य समाज उन्मुुख समाजवादी क्रान्तिको आवाश्यकताको ढोका खोलिदिएको छ । त्यसैले अबको युुग समाजवादी क्रान्तिको युुग  बन्दैछ । सबैले आआफ्नो विशिष्टताको समाजवादी चरित्र अवलम्बन गर्नुपर्ने बेला आएको छ । 

नेपाली सन्दर्भमा क्युुवाली अनुुभव 
नेपालको सन्धर्भमा पनि संविधानमा समाजवाद लेखिदिएकै छ पो भनेर आनन्द लिने अवस्था छैन्, बरु संविधानले भनेझैँ मौलिकहकका रूपमा उल्लेखित स्वास्थ्य, शिक्षा, रोजगार जस्ता आधारभूत विषयहरुको सुनिश्चितताका लागि राज्यले लिनुपर्ने नीतिप्रति स्पष्ट हुन जरुरी छ । तीन तहको सरकारसहित सङ्घीय ढाँचामा पुनर्संरचित नेपाली राज्यचरित्र बमोजिम हाम्रा मानसिकता र सोचाइहरु रूपान्तरित हुन जरुरी छ । 
राज्यबाट सुविधा लिएका र जनतालाई सेवादिने सर्तसहित खुलेका निजी अस्पताल, आज बन्द भएका छन् । यसको सोझो अर्थ हो ती सङ्घ–संस्थाले समाजवादी नीतिलाई सहयोग गरेका छैनन् । क्युवामा क्रान्ति सम्पन्नपश्चात अपदस्त राष्ट्रपति वाटिस्टा र उनका समर्थकहरुले क्युवा छोड्दा प्रशस्त सम्पत्ति र पुँजीसँगै लिएर भागे र निजीस्तरवाट सञ्चालित सबै उद्योगहरु घाटामा भएकाले बन्द अवस्थामा थिए । मजुरहरु भोकमारीको सिकार भएका थिए । वित्तीय संस्थाहरु सबै रित्तियका थिए । त्यही अवस्थामा अमेरिकाले आर्थिक नाकाबन्दी गरिदियो । यस्तो सङ्कटको बेला फिडेल क्यास्त्रोको, सरकारले उद्योग मन्त्री र बैङ्क प्रमुखको जिम्मेवारीमा चे ग्वेभारालाई सुम्पियो । चे ग्वेभेराले सोभियत सङ्घसँग सम्झौत गरी प्रारम्भमा क्युवाले चिनी पठाउने र रसियाले तेल पठाउने सहमति भयो । तर क्युवामा कार्यरत अमेरिकी तेल कम्पनीहरु टेक्साको, सेलर र ईएसएसओले रसियाबाट आयत गरिने कच्चा तेललाई प्रशोधन गर्न मानेन् । यसरी राज्यको नीतिलाई असहयोग गर्न थालेपछि क्युवाली सरकारले त्यस्ता झण्डै ८४ प्रतिशत वित्तीय संस्थाहरु र उद्योग व्यवसायहरुलाई राष्ट्रियकरण गर्ने र विदेशी व्यक्ति वा फर्महरुले क्युवाली भूमिमा स्वामित्व कायम गर्न नपाउने कठोर निर्णय लियो । 

निष्कर्ष 
आज कोरोना महामारीका बेला अमेरिकाका अस्पतालमा पनि मागबमोजिमका भ्यन्टिलेटर र आइसोलेसन वार्डको अभाव भएको छ, भने युरोपमा महामारी प्रकोप राज्यको नियन्त्रणभन्दा बाहिर देखिन्छ । यस्तो कहाली लाग्दो परिवेशबाट अत्तालिएर एकजना मन्त्रीले आत्माहत्या समेत गर्ने स्थिति सिर्जना हुनुु असामन्य अवस्था हो । त्यस्तो कहालीलाग्दो युुरोपको सामाजिक जटिलतालाई सहजीकरण गर्न र मानवीय सहयोग पुु¥याउन फिडेल क्यास्त्रोको फोटो वोकेर युुरोपका गल्लीमा पुुगेका क्युुवाली स्वास्थ्यकर्मीको सन्देश विश्व मानव समुुदायका लागि अनुुकरणीय देखिन्छ ।

आजको सन्दर्भमा क्युवा लगायतका दक्षिण अमेरिकी मोडलको अध्ययन गरी राज्य नियन्त्रित चिनियाँ मोडल र अन्य समाजवादी व्यवस्था अवलम्बन गरेको मुलुुकहरुबाट समेत सकारात्मक शिक्षा लिँदैै पुँजी सङ्कटको बीचवाट नेपाली मौलिकताको समाजवादी बाटो तय गर्नु क्रान्तिकारी दायित्व हुन गएको छ । यो दायित्वबोध नै सचेत क्रान्तिकारीहरुले नयाँ वर्षको नयाँ जिम्मेवारीको रूपमा ग्रहण गर्नुपर्ने विषय बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विशाल खड्का
विशाल खड्का
लेखकबाट थप