शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रित्ता पेटको जुलुस

बुधबार, ०३ वैशाख २०७७, १२ : २५
बुधबार, ०३ वैशाख २०७७


यो लस्कर
मे एकको
मजदुरहरूको जुलुस होइन
यहाँ छैन
मजदुर ट्रेड युनियनको नाइके
यहाँ छैन
कुनै पार्टी विशेषको झण्डा
यिनीहरू गइरहेका छैनन्
कुनै आमसभामा
यिनीहरूलाई कुनै रिजर्भ बस
आएको छैन लिन
यिनीहरूको हातमा आज
"संसारका मजदुर एक हौँ"
लेखिएको प्लेकार्ड पनि छैन
यिनीहरूलाई सुन्नु छैन आज
कुनै नेताको भारीभरकम भाषण
बजाउनु छैन ताली
बन्नु पनि छैन
कुनै आमसभाको शोभा
आज त यिनीहरू बिलकुल
रित्ता छन्
हात रित्ता
पकेट रित्ता
पेट रित्ता
यिनका रित्ता
हातमुख भर्छु भन्नेहरू
खै आज कता छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना चिलुवाल
कल्पना चिलुवाल
लेखकबाट थप